रुस र युक्रेन युद्ध : ‘१३ सय युक्रेनी सेना र ५७९ जनता मारिए’
प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार
A Ukrainian protester, living in Cyprus, wipes her eyes while holding a banner during a protest outside the Presidential palace in Nicosia, Cyprus, Saturday, Feb. 26, 2022. Russian troops stormed toward Ukraine’s capital Saturday, and street fighting broke out as city officials urged residents to take shelter. (AP Photo/Petros Karadjias)
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको लडाइँमा १३ सय युक्रेनी सेना मारिएको बताएका छन् । २४ फेब्रुबरीदेखि भएको रुसी हमलामा आफ्ना १३ सय युक्रेनी सेना मारिएको उनले बताएका हुन् ।
यसैगरी युक्रेनमा युद्ध सुरु भएयता कम्तीमा ५७९ सर्वसाधारणको मृत्यु भएको र एक हजारभन्दा बढी घाइते भएको मानवअधिकारका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय यूएनएचसीएचआरले जनाएको छ ।
मारिनेमा ४२ बालबालिका रहेको यूएनएचसीएचआरले बताएको छ ।
उल्लेखनीय छ, एक दिन अघि, जेनेभा स्थित कार्यालयले ५४६ नागरिक हताहत र ९८२ घाईते रेकर्ड गरेको थियो, जसमा धेरैजसो नागरिक मारिने विस्फोटक हतियारको प्रयोगले भएको थियो। संयुक्त राष्ट्रका अधिकारीहरूले वास्तविक हताहतीको संख्या धेरै हुन सक्ने विश्वास गरेका छन्।
फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र जर्मन चान्सलर ओलाफ सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्धबिराम गर्न आग्रह गरेका छन्






