खाना खाएपछि गोहीले झैं आँशु झार्ने मानिस चीनमा भेटिए


प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार

चीनका एक  पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ ।

सधैँजसो रुनाले उनमा  उदासीपना, पीडा  तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।

चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै सोचेनन् तर लामो समयसम्म चपाउँदा उनको अवस्था उल्लेख्य रुपमा खराब भयो र यसले उनको सामाजिक जीवनमा असर समेत गरेको थियो ।

झाङले सुरुमा सार्वजनिक रुपमा खान छोडे । किनकि उनी मानिसहरुको माझ आफ्नो आँशु झरिरहेको देखाउन चाहँदैनथे । त्यसैले उनी एक्लो भए । यसलाई सधैँभरी लुकाएर बस्न नसकिने निष्कर्षसहित उनले डाक्टरलाई देखाउने निर्णय समेत गरे ।

गत महिना झाङ जाँचका लागि उहानको अस्पताल गएका थिए । चिकित्सकले उनमा ‘गोहीको आँसुको लक्षण’ भएको दुर्लभ चिकित्सा अवस्था  पत्ता लगाएका थिए ।-एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com