कङ्गोमा रेल दुर्घटना हुँदा ६० जनाको मृत्यु


प्रकाशित मिति : फाल्गुन २८, २०७८ शनिबार

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हँुदा  ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् ।

लुबुण्डीका प्रशासक क्लेमेन्टिन मुतान्डाले भन्नुभयो, डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर ६० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

घटनास्थलका पुगेका सिन्ह्वा संवाददातासँग स्थानीय अधिकारीहरूले दिएको जानकारी अनुसार गुडिरहेको रेल एक्कासी लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको थियोे ।

भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ । जीर्ण रेलमार्गको अवस्थाको कारण देशको यस भागमा रेल दुर्घटनामा परी हरेक बर्ष सयौँ मानिसको मृत्यु हुने गर्छ ।-सिन्ह्वा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com