रुस-युक्रेन युद्धमा अमेरिका घुस्यो भने तेस्रो विश्वयुद्ध जस्तै हुनेछ : बाइडेन
प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार
US President Joe Biden delivers remarks at the Resource Connection of Tarrant County in Fort Worth, Texas, on March 8, 2022. (Photo by Nicholas Kamm / AFP)
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुससँग लड्न अमेरिकाले आफ्ना सेना नपठाउने बताएका छन् । उनले ट्विट गर्दै, ‘हामी एक संयुक्त र बलियो नेटोको पूर्ण शक्तिका साथ नेटो क्षेत्रको प्रत्येक इन्चको रक्षा गर्नेछौं। हामी युक्रेनमा रुससँग लड्ने छैनौं। नेटो र रुसबीचको प्रत्यक्ष लडाइ तेस्रो विश्वयुद्ध जस्तै हुनेछ।’
बाइडेनले बारम्बार भनेका छन्, अमेरिकाले प्रत्यक्ष लडाईका लागि आफ्ना सैनिकहरू पठाउँदैन। तर युक्रेनी राष्ट्रपति भोलोडिमी जेलेन्स्कीले बारम्बार नेटोसँग सैन्य सहयोग मागेका छन्। जेलेन्स्कीले युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि माग गरेका छन् । नेटोको सदस्य नभएको कारण पश्चिमी देशहरूले युक्रेनमा नेटोको हस्तक्षेपलाई अस्वीकार गर्दै आएका छन् । तर अमेरिका र पश्चिमी देशहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने तरिका अपनाएका छन् । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिका र पश्चिमा राष्ट्रले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसबाट तेल आयातमा पनि प्रतिबन्ध लगाएको छ ।
शुक्रबार, बाइडेनले रूसी वाइन, समुद्री खाना र हीराको आयातमा प्रतिबन्ध लगाए। योसँगै रुसी ठूला व्यापारीमाथि पनि प्रतिबन्ध लगाइँदैछ ।
I want to be clear: We will defend every inch of NATO territory with the full might of a united and galvanized NATO.
But we will not fight a war against Russia in Ukraine.
A direct confrontation between NATO and Russia is World War III. And something we must strive to prevent.
— President Biden (@POTUS) March 11, 2022






