संयुक्त राष्ट्रसंघ भन्छ,’खोपमा सबैको पहुँच र अधिकार हुनुपर्छ’


प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार

संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बैठकले सो कुरामा जोड दिएको हो ।

सो परिषदमा आयोजित अर्को एक अन्तरक्रिया कार्यक्रममा कोभिडका विरुद्धमा हाल उपलब्ध रही आएको यो खोप विश्वका सबै देशमा उत्तिकै रुपमा पहुँचयोग्य र उपलब्ध हुनुपर्नेमा जोड दिइएको हो ।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदका प्रमुख माइकल ब्याकलेटले भन्नुभयो– यो खोप सबै नागरिकले प्राप्त गर्न पाउने अधिकारबाट कोही पनि बञ्चित हुनुहुदैन । सबै नागरिकलाई कोभिडको खोप उत्तिकै उपलब्ध हुनुपर्ने आवश्यकता छ ।

कोभिडको नियन्त्रण र व्यवस्थापनमा विश्वका सरकारहरुका प्रयासका बारेमा पनि सो बैठकमा छलफल भएको थियो । विश्वका सरकारहरुले यसका लागि संयुक्त प्रयास र कार्ययोजना हुनु जरुरी रहेको बताइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल महामारी रोकथामका लागि भइरहेको राजनीतिक र प्रशासनिक प्रयासमा प्राविधिक विशेषज्ञहरुको विज्ञतालाई थप महत्व दिई महामारी नियन्त्रणको अभियान अघि बढाउनु जरुरी रहेको पनि सो बैठकमा बताइएको थियो ।

कोभिड–१९ रोकथाममा संलग्न सरकारका निकाय, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवी, सामाजिक अभियानकर्मी, सेवाकर्मीले अनवरतरूपमा दुवै चरणको संक्रणमा आफ्ना तर्फबाट सेवा पु-याएको सो अवसरमा बताइएको थियो । यस्ता कार्यलाई प्रोत्साहन गर्न सरकारबाट विशेष पहलकदमी लिन जरुरी रहेको उल्लेख गर्दै रोकथाममा संलग्नहरूको स्वास्थ्य र सुरक्षाबारे थप संवेदनशील हुनसमेत सो बैठकले विश्वका देशहरुलाई आग्रह गरेको थियो ।-सिन्ह्वा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com