रुस-युक्रेन युद्ध : पुटिनले ग्यास दिन बन्द गरे युरोपमा के होला ? कस्तो असर पुग्छ ?


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

अमेरिकाले रुसबाट आयात हुने तेल र ग्यासमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि आगामी दिनमा रुसी तेल खरिद बन्द गर्ने बताएको छ भने युरोपेली संघले आयात कटौती गर्ने निर्णय गरेको छ । रुसी सरकारले तेलको व्यापारमा प्रतिबन्ध लगाए युरोपेली देशहरूमा ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएपछि यो निर्णय लिएको हो ।

युक्रेनले कठोर प्रतिबन्धको माग उठाएपछि अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बेलायतले पनि यस वर्षको अन्त्यसम्ममा रुसी तेल प्रयोग नगर्ने हुने निर्णय गरेको छ । अनि युरोपेली संघले रूसी ग्यास आयातमा दुई तिहाइ कटौती गरिरहेको छ।

बेलायत सरकारले यस अवधिमा आपूर्तिका वैकल्पिक स्रोतहरू पत्ता लगाउन पर्याप्त समय पाउने कुरा बताएको छ। रुसका उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले भने रुसी तेलमाथि प्रतिबन्ध लगाउने निर्णयले विश्व बजारमा भयानक प्रभाव पार्ने बताएका छन्। विश्वव्यापी तेल र ग्यासको मूल्य तीव्र गतिमा बढिरहेको छ । रूसले निर्यातमा प्रतिबन्ध लगाएको खण्डमा  अत्यावश्यक वस्तुहरूको मूल्य विश्वभर अझ बढ्नेछ।

रूसले कति तेल निर्यात गर्छ ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुस विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। रुसअघि अमेरिका र साउदी अरेबियाको नम्बर आउँछ। रुसले हरेक दिन ५० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ, जसमध्ये आधाभन्दा बढी युरोप जान्छ।

तर बेलायतले आफ्नो तेल खपतको ८ प्रतिशत रूसबाट आयात गर्दछ। अमेरिका भने रुसमाथि निर्भर छैन । सन् २०२० मा अमेरिकाले रुसबाट कुल तेल खपतको ३ प्रतिशत मात्र आयात गरेको थियो ।

 

तेल आपूर्ति को वैकल्पिक स्रोत ?

ऊर्जा नीति अनुसन्धान विश्लेषक बेन म्याकविलियम्स भन्छन्,”ग्यासभन्दा तेलका लागि अर्को निर्यातकर्ता खोज्न सजिलो हुनेछ तर ग्यासका लागि धेरै पाइपलाइन छैनन् । रुसबाट केही पाइपलाइनहरू आउँदैछन् यद्यपि, अन्य क्षेत्रहरूबाट धेरै ढुवानी आइपुग्छ।”

अमेरिकाले पनि साउदी अरबलाई केही समयदेखि तेल उत्पादन बढाउन निरन्तर आग्रह गर्दै आएको छ । तर साउदी अरेबियाले अहिलेसम्म तेलको मूल्य घटाउन आफ्नो उत्पादन बढाउन अस्वीकार गर्दै आएको छ ।

साउदी अरेबिया ओपेक राष्ट्रहरू मध्ये सबैभन्दा ठूलो तेल उत्पादक देश हो। ओपेक तेल उत्पादन गर्ने देशहरूको संगठन हो जसले विश्वभर बिक्री हुने तेलको ६० प्रतिशत उत्पादन गर्छ।

रुस ओपेक देशहरूको सदस्य होइन, तर २०१७ देखि यसले ओपेकसँग तेल उत्पादन सीमा तोक्न काम गरिरहेको छ ताकि उत्पादकहरूको आम्दानी स्थिर रहोस्। अर्कोतर्फ अमेरिकाले भेनेजुएलामाथि लगाएको तेल प्रतिबन्धलाई खुकुलो बनाउने सोचमा छ । कुनै समय भेनेजुएला अमेरिकाको प्रमुख तेल आपूर्तिकर्ता थियो। तर भेनेजुएलाले भर्खरै आफ्नो अधिकांश तेल चीनमा निर्यात गर्न थालेको छ।

रूसी ग्यास पश्चिम यूरोप पुग्न बन्द भए के होला ?

युरोपमा घरहरू तताउन प्रयोग हुने ग्यासको मूल्य उच्च भइसकेको छ। तर यदि रूसी ग्यास पश्चिमी युरोपका देशहरूमा पुग्न बन्द भयो भने यसको खर्च अझ बढ्न सक्छ। यूरोपेली संघले आयात गर्ने कूल प्राकृतिक ग्याँसको लगभग ४० प्रतिशत रूसी ग्यास रहेको छ ।

यदि यी आपूर्तिहरू रोकिएमा इटाली र जर्मनी सबैभन्दा धेरै प्रभावित हुनेछन् । यस्तो अवस्थामा युरोपले कतार, अल्जेरिया र नाइजेरिया जस्ता ग्यास निर्यातकर्तासँग गुहार माग्न सक्छ । तर तुरुन्तै ग्यासको उत्पादन बढाउन थुप्रै अवरोधहरू खडा हुनेछन्।

बेलायतले आफ्नो कुल ग्यास खपतको ५५ मात्र रुसबाट आयात गर्दछ। अमेरिकाले रुसबाट ग्यास आयात गर्दैन । यसको बावजुद, आपूर्तिको अभावले गर्दा अमेरिका र बेलायतमा मूल्यवृद्धि भइरहेको छ।

रूसी ग्यासको विकल्प त्यति सजिलो छैन । अरू कुनै ठाउँबाट ग्यास आपूर्ति प्राप्त गर्न गाह्रो छ किनभने रुसदेखि युरोपसम्म ग्यास ठूला पाइपहरूमार्फत आउँछ । रुसले युरोपमा ग्यास निर्यात गर्न बन्द गऱ्यो भने युरोपले अमेरिकाबाट मगाउन सक्छ । यसले अन्य ऊर्जा स्रोतको प्रयोगलाई पनि बढाउन सक्छ। तर यसका लागि समय लाग्छ र सजिलो छैन।

इन्धन खपतमा प्रभाव

युक्रेन र रुसबीच चलिरहेको युद्धका कारण बेलायतमा आम जनताले ऊर्जा र इन्धनमा खर्च गर्ने रकम बढ्ने निश्चित छ । योसँगै अमेरिकामा पेट्रोलको मूल्य सन् २००८ यताकै उच्च स्तरमा पुगेको छ । अमेरिकी अटोमोबाइल एसोसिएसनले गत साता पेट्रोल पम्पमा उपलब्ध इन्धनको मूल्य ११ प्रतिशतले बढेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com