विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड देखाए पुग्ने


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

हावाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो ।

तर खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले भने ७२ घण्टा अगाडि कोभिड -१९ नेगेटिभ आएको रिर्पोट देखाउनु पर्ने व्यबस्था गरेको अध्यागमन विभागले विज्ञप्ति मार्फत जानकारी गराएको छ । नयाँ व्यवस्थानुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध रुपमा नेपाल आउन पाउने छन् ।

विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकतानुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com