रुसको दाबी अमेरिकाद्वारा अस्वीकार, भन्यो-‘रूसले फैलाएको विकृति पूर्णतया बकवास हो’


प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार

 

युक्रेनमा अमेरिकी अनुदानमा रसायनिक र जैविक हतियारहरू रहेको भन्ने रुसको आरोप अमेरिकाले अस्वीकार गरेको छ। सो आरोप अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयले बुधबार क्रेमलिनले पूर्वी युरोपेली क्षेत्रमा यस्ता गैरकानूनी गतिविधिबारे झूट फैलाएको बताएको छ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बुधबार युक्रेनी प्रयोगशालाका कर्मचारीहरूले प्लेग, एन्थ्राक्स, हैजा र अन्य घातक रोगहरूका खतरनाक रोगजनक जीवाणुहरू फैलाएको बताएका थिए।

क्रेमलिनले जानाजानी संयुक्त राज्य अमेरिका र युक्रेनले युक्रेनमा रासायनिक र जैविक हतियारका गतिविधिहरू सञ्चालन गरिरहेको छ भन्ने स्पष्ट झूट फैलाइरहेको छ। त्यसैगरी चीनका अधिकारीहरूले पनि यी षड्यन्त्र सिद्धान्तहरू प्रतिध्वनित गरेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले ‘यो रूसी विकृति पूर्णतया बकवास हो र रसियाले अर्को देश विरुद्ध यस्तो झूटा दावी आविष्कार गरेको पहिलो पटक होइन र यस्ता दावीहरू धेरै पटक खारेज गरिएका छन्।’ भनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com