युक्रेन-रुस युद्ध : पश्चिमा देशहरूद्वारा रुसको तेल र ग्यास आयातमा प्रतिबन्ध


प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार

युक्रेनमा रुसी आक्रमणको विरोधमा अमेरिका र बेलायतले रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्, ‘यस कदमले ‘रुसको अर्थतन्त्रको मुख्य धमनी’ लाई नोक्सान पुर्‍याउने छ।

तेल र ग्याँस निर्यात रूसी अर्थव्यवस्थाको लागि राजस्वको एक महत्वपूर्ण स्रोत हो। तर, रुससँगै यो कदमले पश्चिमी देशहरूमा पनि प्रभाव पार्ने देखिएको छ ।

ठूला ब्रान्डले रुसमा आफ्नो कारोबार बन्द गरिसकेका छन् । म्याकडोनाल्ड्स र कोका-कोलाले भर्खरै रूस छोडेका छन्।
रूसको अर्थतन्त्र ऊर्जा व्यापारमा धेरै निर्भर छ। यो विश्वको तेस्रो ठूलो तेल उत्पादक देश हो। त्यसभन्दा अगाडि साउदी अरेबिया र अमेरिका आउँछन् ।

रुसबाट तेल खरिदमा प्रतिबन्ध लगाउनुअघि रुसले यसको विश्वव्यापी अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी दिएको थियो । उसले जर्मनीमा ग्यास आपूर्ति गर्ने आफ्नो मुख्य ग्यास पाइपलाइन बन्द गर्नसक्ने चेतावनी पनि दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र बेलायतको यो निर्णयपछि दुवै देशमा तेलको मूल्य उच्च स्तरमा पुगेको छ । यस निर्णयका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन दुवै पक्षबाट दबाबमा थिए। रुसविरुद्ध थप कडा कदम चाल्न माग गरिएको थियो ।

‘हामी रूसबाट सबै तेल, ग्यास र ऊर्जाको आयात बन्द गर्दैछौं, राष्ट्रपति बिडेनले भने  यो कदमले ‘देशभित्र असर पर्ने’ भएकाले  साझेदारहरूसँग छलफल गरेर नै निर्णय गरिएको बताए।

त्यस्तै बेलायतले पनि सन् २०२२ को अन्त्यसम्ममा चरणबद्ध रूपमा रुसबाट तेल आयातमा प्रतिबन्ध लगाउनेछ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यो कदमले रुसमा तत्काल कुनै प्रभाव नपर्ने तर त्यसले थप दबाब पक्कै पर्ने बताए । उनले भने आर्थिक प्रतिबन्धले रुसको अर्थतन्त्रमा नराम्रो असर पार्नेछ ।

अमेरिकामा ८ प्रतिशत तेल र प्रशोधित उत्पादन रसियाबाट आयात हुने गरेको छ भने बेलायतमा ६ प्रतिशत तेल रुसबाट आयात हुने गरेको छ ।
अमेरिका र बेलायतले जस्तो नभई युरोपेली संघले प्रतिबन्ध लगाउनुको सट्टा वैकल्पिक उर्जाको स्रोत अपनाउने निर्णय गरेको छ । यसको उद्देश्य सन् २०३० सम्ममा रुसबाट ऊर्जा उत्पादनमा युरोपको निर्भरता घटाउने हो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com