अमेरिकाको एक विद्यालयबाहिर गोली चल्यो, एक जनाको मृत्यु, दुई घाइते
प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार
अमेरिकाको आयोवामा एउटा विद्यालय बाहिर चलिरहेको गाडीबाट गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
डेस मोइनेस प्रहरीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सोमबार दिउँसो पूर्वी हाई स्कूलको मैदानमा गोली प्रहार गर्ने सम्भावित संदिग्धलाई हिरासतमा लिइएको छ। तर, घटना बारे पुष्टि भने भएको छैन ।’
प्रहरीले मृत्यु हुनेको पहिचान भने खुलाएको छैन तर १५ वर्षीय किशोरको मृत्यु भएको र उनी विद्यालयका विद्यार्थी नभएको बताएको छ ।
प्रहरीले १६ र १८ वर्षका दुई विद्यालयका छात्राहरू घाइते भएको र गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको जानकारी दिएको छ ।
विद्यालय बन्द गरी विद्यार्थीलाई भित्र राखेर प्रहरीले अनुसन्धान जारी राखेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।






