अमेरिका र बेलायतमाथि खनिदै राष्ट्रपति जेलेन्स्की भने,’१३ दिनदेखि सुन्दै आएका छौँ पश्चिमाहरुको झुटो अस्वासन’
प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार
Ukrainian President Volodymyr Zelenskyy gestures while speaking to the media during a news conference in Kyiv, Ukraine, Friday, Nov. 26, 2021. (Ukrainian Presidential Press Office via AP)
युक्रेन युद्धमा एकातिर सारा विश्वलाई चेतावनी दिने पुटिन छन् भने अर्कोतर्फ पुटिनलाई चुनौती दिने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की छन् । म कीभमा छु र कसैसँग डराउँदैनँ, भनी निरन्तर रुपमा भनिरहेका छन् । जेलेन्स्कीले मंगलबार पश्चिमी देशहरूमाथि आफ्नो असन्तुष्टि व्यक्त गरे। उनले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउने पश्चिमाहरूको ‘झूटो वाचा’को निन्दा गरे। जेलेन्स्कीले यसअघि पनि यस युद्धमा लड्न संसारले हामीलाई एक्लै छाडेको बताइसकेका छन् ।
आफ्नो टेलिग्राम भिडियोमा जेलेन्स्कीले भनेका छन्, ‘१३ दिनदेखि हामीले वाचा सुन्दै आएका छौं ,कि हामीलाई हवाई सहयोग दिइनेछ, विमानहरू दिइनेछ, यी सबै सहयोग हामीसम्म आईपुग्ने छ ।’ जिम्मेवारी पश्चिमादेशहरुको पनि हो । लडाई सुरु भएको १३ दिन भयो, उनीहरुले अझै निर्णय लिन सकेका छैनन् । उनीहरुले पनि युक्रेनी आकाशलाई रूसी हत्याराहरूबाट सुरक्षित गर्न सकेनन्।
‘म कसैसँग डराउँदिन’
जेलेन्स्कीले सोमबार पोल्याण्ड भागेको अफवाहलाई खारेज गरे। उनी राति राष्ट्रपति भवनमा हिँडिरहेको देखिएका थिए । भिडियो पोस्ट गर्दै जेलेन्स्कीले भनेका छन्, ‘म राजधानी कीभमा छु र कसैसँग डराएको छैन । उनले आफू कुनै बंकरमा लुकेको नभई यो देशभक्तिपूर्ण युद्ध जित्न आवश्यक हुँदासम्म कीभमै रहने बताए । जेलेन्स्कीले पहिले नै देश छोड्ने अमेरिकी प्रस्ताव अस्वीकार गरिसकेका छन्।
रक्तपात बन्द गर
युक्रेनका चौथो राष्ट्रपति भिक्टर यानुकोविचले जेलेन्स्कीलाई ‘रक्तपात रोक्नू आग्रह गरेका छन्। सन् २०१४ को आन्दोलनका क्रममा उनलाई सत्ताबाट हटाइयो। यानुकोभिच हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन् । उनले भने कि उनी जेलेन्स्कीलाई पूर्व राष्ट्रपतिको क्षमता र पिताको व्यक्तित्वको रूपमा व्याख्या गर्न चाहन्छन्। ‘म बुझ्छु तपाईंसँग धेरै ‘सल्लाहकारहरूु छन् तर रक्तपात रोक्न र शान्ति सम्झौतामा पुग्नु तपाईंको व्यक्तिगत जिम्मेवारी हो,’यानुकोभिचले भने।





