स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र प्रयोग हुने


प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार

आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो ।

निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । यसअघि आयोगले २०७४ को निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो ।

“मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार ९निलो० को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासा आएका थिए”, उहाँले भन्नुभयो, “मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तन गरिएको हो ।” वरिष्ठ साहित्यकार, गीतकार र सङ्गीतकारको संलग्न समितिले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो÷भिडियो सामग्री निर्माणका लागि प्राप्त रचनाको मूल्याङ्कन गरिरहेको आयोगले जनाएको छ ।

मतदाता नामावली अद्यावधिकको काम भइरहेको आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचना दिनेलगायत क्रियाकलाप चलिरहेको आयोगले जनाएको छ । मतदाता अद्यावधिकका काम यही फागुन २६ गतेसम्म जारी रहने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com