रुसी सैनिकले गोली चलाईरहे तर निशस्त्र युक्रेनी जनताको आवाज सडकमा गुञ्जिरह्यो (भिडियो)
प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार
रुसी सेनाले युक्रेनमा विगत १२ दिनदेखि विनाश मच्चाइरहेको छ । तर यति ठूलो सेनाले पनि सानो देश कब्जा गर्न सक्दैन किनकी युक्रेनको राजधानी कीभ र खार्किभ जस्ता प्रमुख सहरहरूमा रुसी सेनाले युक्रेनी सेनाका साथै जनताको भारी प्रतिरोधको सामना गर्नु परेको छ।
अतिभएपछि सडकामा निस्कीएका निशस्त्र युक्रेनी जनताले हतियार धरी रुसी सेनाको विरोधको गरेको यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जसमा रुसी सैनिक युक्रेनका जनताको अगाडि दौडिरहेको देखिन्छ ।
ट्विटरमा सेयर गरेको यो भिडियोलाई लाखौँ मानिसले हेरिसकेका छन् । भिडियोमा युक्रेनी नागरिकहरूको भीडले केही रुसी सैनिकहरूको अगाडि युक्रेनी झण्डा बोकेको देखाइएको छ। यी मानिसहरू अगाडि बढ्छन् र रुसी सैनिकहरू डराएर पछाडि हिँड्न थाल्छन्। सिपाहीहरूसँग बन्दुक छ र मानिसहरूलाई डराउन उनीहरूले हावामा फायर पनि गर्छन् तर नागरिकहरूको भीड निर्भय रूपमा अगाडि बढिरहन्छ।
Ukrainians march towards Russian soldiers while getting shot at. Everyone must watch this video. pic.twitter.com/gclsykDS9P
— Anastasiia Lapatina (@lapatina_) March 5, 2022





