युक्रेनको समर्थनमा उत्रिए रुसी नागरिक, कसैले राहदानी जलाए,कसैले झण्डा फहराए
प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार
एक रुसी नागरिकले युक्रेनमाथिको आक्रमणको विरोधमा आफ्नो राहदानी जलाए। विरोधमा उत्रिएका अन्य रुसी नागरिकहरूले युक्रेनी झण्डा फहराउँदै युद्ध र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध नारा लगाएका थिए ।
सर्बियामा बसोबास गर्ने रुसी नागरिकहरूको एउटा समूह आइतबार मध्य बेलग्रेडमा युक्रेनको समर्थनमा र युद्धको बिरूद्ध चिसो मौसमको बाबजुद भेला भएका थिए। गत ११ दिनको यस युद्धमा धेरै मानिसको मृत्यु भइसकेको छ भने १५ लाख मानिसले आफ्नो घर छाड्नु परेको छ ।
रुसी नागरिक भ्लादिमिर नेसिमोभले आफ्नो राहदानी जलाएपछि भने, ‘रुसले युक्रेन र विश्वमा के गरिरहेको छ, त्यससँग मेरो कुनै लिनुदिनु छैन । म कुनै नैतिक वा भौतिक जिम्मेवारी लिन चाहन्न… म त्यो देशको नागरिक बन्न चाहन्न।’ नेसिमोभ र उनकी पत्नी इभिलिना नेसिमोभा आइतवारको विरोध र्यालीमा भाग लिन पश्चिमी सर्बियाको सहरबाट आएका थिए । विरोध र्याली लोज्निकादेखि बेलग्रेडसम्म गरिएको थियो । र्यालीमा सर्बियाली शान्ति कार्यकर्ता र रुसीहरूले भाग लिएका थिए ।

वेलिना नेसिमोभाले क्राइमियामा रुसी आक्रमणपछि सन् २०१४ मा मस्को छोडेर सर्बियामा बस्न गएको बताइन् । ‘हामी पुटिन राष्ट्रपति भएको देशमा बस्न चाहँदैनौं,’ उनले भने। हामी लज्जित छौं। केही दिन अगाडि स्कटल्याण्डको एडिनबर्गमा युक्रेनका जनताको र्यालीमा रुसी महिलाले आफ्नो राहदानी जलाएकि थिईन ।
आइतवारको र्यालीमा रुसी नागरिकहरु आक्रोशित हुँदै युद्धको विरोधमा उत्रिएका थिए । सर्बियाका धेरैले पुटिन र उनको आक्रमणलाई समर्थन गर्दै, द्वन्द्वको लागि नाटो र पश्चिमको रुसी विरोधी नीतिहरूलाई दोष दिए। गत हप्ता युरोपमा पुटिनको समर्थनमा सयौं दक्षिणपन्थीहरूले बेलग्रेडमा र्याली गरे, जबकि धेरै युवाहरूले आइतवार शान्ति र्यालीमा रुस समर्थक नाराहरू पनि लगाए।
Andrei, a former Russian citizen now living in Melbourne, sets fire to his Russian passport. His hands are shaking, his anger is very real. He’s at a pro-Ukrainian protest in the city. pic.twitter.com/Wo5OhXEhFf
— Blake Johnson (@BlakeJohnson) February 27, 2022






