रुसले युक्रेनमा लड्न सिरियाली लडाकुहरू भर्ती गरिरहेको खुलासा, छिट्टै तैनाथ गर्ने तयारी
प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार
अमेरिकी अधिकारीहरूले ‘द वाल स्ट्रिट जर्नल’ सँग कुरा गर्दै भनेका छन् ,रुसले युक्रेनमा लड्न सिरियामा लडिरहेका तालिमप्राप्त मानिसहरूलाई भर्ती गरिरहेको छ। यद्यपि, गुप्तचर अधिकारीहरूले कति सिरियाली लडाकुहरू युद्धमा सामेल हुन सहमत भएका छन् भन्ने कुरा खोलेका छैनन् । तर अधिकारीहरूले भनेका छन् ‘केही लडाकुहरू रसिया पुगेका छन् र युक्रेनमा तैनाथ गर्ने तयारी गरिरहेका छन्।’
Deir Ezzor प्रकाशनका अनुसार सिरिया र रुसले स्वेच्छिक रूपमा युक्रेनमा लडाई लड्नेलाई २०० देखि३०० डलर सम्मको तलब प्रस्ताव गरेका छन्।
रिपोर्टका अनुसार उनीहरुलाई ६ महिना लड्न भनिएको छ । एक दशक लामो गृहयुद्धका कारण सिरियाका जनतासँग लडाइँको अनुभव बढी छ र युक्रेनका सहरहरू कब्जा गर्न मद्दत गर्न सक्ने रूसी अधिकारीहरूको दाबी छ ।
युक्रेनमा रुसको पक्षमा लड्ने सिरियाली लडाकुहरू विदेशी मात्र नभएर चेचेन सेना पनि पठाइएको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । चेचेन रिपब्लिकका नेता रुसी राष्ट्रपति पुटिनको सहयोगी हुन्।
युक्रेनमा विदेशी लडाकु आएसँगै यो देश द्वन्द्वको नयाँ ठाउँ बन्ने विज्ञहरू बताउँछन्। युक्रेनको लडाइ मध्यपूर्वसँग जोडिने उनीहरुको भनाइ छ ।






