अमेरिकामा पेट्रोलियमको मूल्य नाघ्यो प्रति ग्यालेन ४ डलर, रसियन तेलमा प्रतिबन्धबारे विचार गरिदै


प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार

अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य प्रति ग्यालेन ४ डलर नाघेको छ । आइतबार सन् २००८ यताका सबै रेकर्डहरु तोड्दै अमेरिकामा पेट्रोलियमको राष्ट्रिय औषत मूल्य ४ डलर प्रति ग्यालेन नाघेको हो । अमेरिकाका केही राज्यहरुमा प्रति ग्यालेन ५ डलर छिट्टै पुग्ने अनुमान गरिएको छ ।

सन् २००८ को जुलाईमा अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य इतिहासमै सबैभन्दा धेरै प्रति ग्यालेन ४ डलर ११ सेन्टस नाघेको थियो । मुद्रास्फीतिका कारण सन् २००८ मा मूल्यबृद्धि भएको हो, जुन अहिलेको हिसाब गर्दा ५ डलर २५ सेन्टस बराबर हो ।

युक्रेनमाथि रसियन हस्तक्षेपले विश्वब्यापी उर्जा बजारमा समेत प्रभाव पारेकाले पछिल्लो मूल्यबृद्धिमा योगदान दिएको छ । किनभने विश्वको तेल बजारमा रसियाले १० प्रतिशत प्रदान गर्छ भने युरोपियन युनियनको एक तिहाई भन्दा धेरै प्राकृतिक ग्यासपनि रसियाले नै प्रदान गर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो अवस्थासँगै केही प्रशोधक र ब्यापारीहरुले रसियाबाट कच्चा तेल किन्न बन्द गरेका छन् । ढुवानीमा ठूलो छुट प्रदान गर्दा पनि रसियासँग ब्यापार गर्दा प्रतिबन्धहरुको सामना गर्नुपर्ने त्रासले प्रशोधक, ब्यापारी, ढुवानीकर्ता र बैंकहरु पछाडि हटिरहेका छन् ।

युक्रेनका नेताहरुले पनि विश्वका देशहरुलाई रसियन तेल नकिन्न आव्हान गरिरहेका छन् । अमेरिकी राजनीतिज्ञले पनि उक्त आव्हानको समर्थन गरेका छन् । कच्चा तेलको मूल्य शुक्रबार प्रति ब्यारेल ११८ डलर पुगेको थियो । जबकी डिसेम्बरको सुरुतिर ६५ डलर प्रति ब्यारलमात्र रहेको थियो । आइतबार प्रति ब्यारेल १३० नाघिसकेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले अमेरिकाले रसियन तेलमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । तर यो युरोपियन र नेटोको समन्वयमा हुने उनको भनाई छ । आंशिक रुपमा आपूर्ति र मागमा आएको उतारचढावका कारण महामारीको बेलादेखि नै अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुन थालेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com