रूसमा पनि यूक्रेनमाथि भैरहेको आक्रमणको विरोध, १ हजारभन्दा बढी रूसी नागरिक पक्राउ


प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार

TOPSHOT – Members and supporters of the Ukrainian community attend a protest against the Russian invasion and call for a no-fly zone, in Times Square, New York, on March 5, 2022. (Photo by Ed JONES / AFP)

यूक्रेनमा मस्कोले गरेको सैन्य परिचालनको विरोधमा आइतबार भएको प्रदर्शनमा रूसी सहरहरूबाट एक हजार १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । आक्रमण सुरु भएको एक हप्तापछि एक युद्ध अनुगमनकारी रूसी संस्थाले जनाएको हो ।

विपक्षीको विरोधमा बन्दी प्रत्यक्षीकरण को निगरानी गर्ने ओभिडी–इन्फोले स्थानीय समय अनुसार आइतबार करिब २ः२० बजे रूसको विभिन्न ३५ शहरहरूमा एक हजार १०३ जनालाई थुनामा राखिएको बताएको छ ।

सबैभन्दा धेरै व्यक्ति साइबेरियाको नोवोसिबिस्र्क शहर र उराल्सको येकाटेरिनबर्गमा पक्राउ गरिएको हो । दङ्गा प्रहरीले देशको सबैभन्दा ठूलो शहर मस्को र सेन्ट पिटर्सवर्गका चोकहरूमा भेला भएका प्रदर्शनकारीहरूलाई पनि पक्राउ गरेका थियो ।

रूसको प्रमुख मानव अधिकार समूह, मेमोरियलले बताएअनुसार यसका एक प्रमुख कार्यकर्ता ओलेग ओर्लोभलाई प्लेकार्डसहित प्रदर्शन गर्दा मस्कोको मानेश्नाया प्लास्चाद चोकबाट पक्राउ गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी प्रहरीले आइतबार अवैध प्रदर्शन गर्ने सबै प्रयास ‘तत्काल दबाउने’ र आयोजक र सहभागीले आरोपको सामना गर्ने चेतावनी दिएको थियो । बन्दीगृहले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कमा फेब्रुअरी २४ देखि हालसम्ममा यूक्रेनबारे रूसी सरकारले लिएको कदमविरूद्ध आइतबार करिब १०,००० जना प्रदर्शनकारीहरू भेला भई पूटिनको कदमको विरोध गरेका थिए ।

सरकारी निर्णयको विरोधमा प्रदर्शन गर्ने समूह वा व्यक्तिविरूद्ध कडा कारबाही गर्न राष्ट्रपति भ्लादिमिर पूटिनले युक्रेनी सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको थियो । पूटिनले शुक्रबार रूसी सेनाको बारेमा ‘भ्रामक समाचार’ प्रकाशित गरेकोमा १५ वर्षसम्म जेल सजाय गर्ने विधेयकमा हस्ताक्षर गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com