अचारको डिब्बाले हानेर खसालिन युक्रेनी महिलाले रुसको ड्रोन
प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार
रुसी सेनाले युक्रेनको राजधानी कीभमा आक्रमण जारी राखेको छ । रुसी सेनाले कीभलाई चारैतिरबाट घेरेको छ र जमिन र हवाईबाट आक्रमण गरिरहेको छ । कीभ सेना र जनता दुवैले साहसपूर्वक यी रूसी आक्रमणहरूको सामना गरिरहेका छन्। यसैबीच एउटा अचम्मको घटना बाहिर आएको छ । कीभकी एक महिलाले अचारको डिब्बाले हानेर घर नजिकै घुमिरहेको रुसी ड्रोनलाई खसालेकी छन् ।
युक्रेनी सरकारका सल्लाहकार ल्युबोभ त्स्बुलस्काले घटनाबारे ट्वीट गर्दै भनेका छन् -‘कीभकी एक महिलाले बालकनीमा उभिए अचारको डिब्बाले होनेर रुसी ड्रोनलाई खसालेकी छिन। यो देश कसरी कब्जा गर्ने आशा गर्नुहुन्छ?’
उनको ट्विटलाई अहिलेसम्म लाखौंले लाइक गरेका छन् । यद्यपी यो घटनाको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
In Kyiv a woman knocked down a Russian drone from a balcony with a jar of cucumbers. How did they expect to occupy this country?
— Liubov Tsybulska (@TsybulskaLiubov) March 5, 2022





