यूक्रेनबाट विस्थापित महिला विदेशी अपराधी गिरोहको फन्दामा, दासी बनाउने र वेश्यावृत्तिमा लगाउने जोखिम चार गुणा बढी
प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार
रुसको आक्रमणपछि युक्रेनको अवस्था निकै बिग्रिएको छ । मानिसहरूसँग, न बस्ने घर छ, न खाने पानी नै छ, त छ आकाशबाट मृत्यु घुमिरहेको छ। यही मौकाको फाइदा उठाउँदै छन्, केही आपराधिक गिरोहहरू ।
युद्ध सुरु भएको ११ दिन भइसक्यो र अहिले सम्म १५ लाख मानिसले देश छाडेको अनुमान गरिएको छ । यी अपराधी गिरोहहरूले बाध्यताले शरणमा पर्न पुगेका मानिसहरूको आफ्नो फाइदाको लागि प्रयोग गरिरहेका छन् र महिलाहरूलाई वेश्यावृत्ति र दासी बन्न बाध्य पारिरहेका छन्।
डेलीमेलको रिर्पोट अनुसार, युरोपेली संघका अधिकारीहरू र संयुक्त राष्ट्रसंघलाई यो डरले सताईरहेको छ,करिब ७० लाख मानिस युक्रेनबाट छिमेकी पोल्याण्ड, मोल्डोभा, रोमानिया, स्लोभाकिया र हंगेरीमा शरण लिन पुगेका छन् , जसले गर्दा मानव बेचबिखनमा ठूलो वृद्धि हुनेछ।
मानिसहरू देश छोडेर जाँदा अधिकांश महिलाहरू वेश्यावृत्ति, आपराधिक गतिविधि र जबरजस्ती दासी बनाएर राख्ने खतरा पनि छ । कतिपय महिला र परिवारले युद्धबाट मुक्तिको लागि सीमा पार गर्ने प्रस्ताव स्वीकार गरे तर छिमेकी मुलुक पुगेपछि उनीहरुसँग पैसा मागेको समाचारहरु आईरहेका छन् ।
सीमा पार गरेपछि महिलासँग जबरजस्ती पैसा माग्ने
रिर्पोटका अनुसार २७ वर्षीया युक्रेनी युवतीले भनिन्,‘मेरी एउटी साथी पोल्याण्ड गएकी थिइन्, उनले आफूसँग गएका व्यक्तिले सित्तैमा भर्सा लैजाने वाचा गरेको बताएकी थिइन् तर त्यहाँ पुग्दा उनले पैसा मागे।’ ती महिलाले भनिन्, ‘उनी मेरो साथीसँग रिसाए र उनी आफ्नो ऋणी हो, जसलाई उसले काम गरेर तिर्नपर्छ भन्न थाले। मेरो साथी चिच्याउन थालीन र त्यहाँबाट भागिन । त्यसैले हामी सबै मानिसहरूलाई त्यस्ता परिस्थितिहरूबाट सचेत गराउँछौं।’
शरणार्थी शोषणको जोखिम
परोपकारी केयरका लागि मानव बेचबिखन नीति विशेषज्ञ लरेन एग्नेउले डेलीमेललाई भने ,’युक्रेनको युद्धले मानव बेचबिखनको दृष्टिकोणबाट हेर्दा भयानक अवस्था सिर्जना गर्ने छ। यसले सम्पूर्ण युरोपलाई असर गर्नेछ। शरणार्थीहरूको शोषणको खतरा बढ्दै गएको छ।’ उनले भने ‘समयसँगै तस्करबाट शरणार्थी शोषणका घटनामा बृद्धि हुने कुरा निश्चित जस्तै हो । युद्धले हताहत मात्र हुने छैन, युक्रेनबाट सम्भवतः ७० लाख मानिसहरूको ठूलो संख्या विस्थापित भएको छ,उनीहरुलाई मानब तस्करीहरूले शिकार बनाउँने छन।’
महिला र बालबालिका अपराधीको सिकार
लरेनले भने, शरणार्थीहरू जाने देशहरू आपराधिक गिरोहहरूको केन्द्रबिन्दु हुने छ र अपराधीहरूले उनीहरूलाई धनको स्रोतको रूपमा हेर्छन् जुन उनीहरूले सजिलै फाइदा लिन सक्छन्।
उनले यो युद्धलाई अपराधी गिरोहले आफ्नो आपराधिक गतिविधिका लागि सबैभन्दा उपयुक्त समयका रुपमा हेरेको बताए ।तर दुःखको कुरा, पुरुषहरूलाई युक्रेन छाड्न र सेनामा भर्ती हुन भनिएकोले महिला र बालबालिका उनीहरूको सिकार बनिरहेका छन्।






