अमेरिकी उच्च हिमाल आरोहणका क्रममा अल्ट्रा धावक पण्डितको  मृत्यु


प्रकाशित मिति : ४ असार २०७४, आइतबार

अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ। प्युठान घर भएका उनको अलास्काको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र स्रोतले जनाएको छ।


अलास्का राज्यको डेनाली नेशनलपार्कस्थित सो हिमाल आरोहरणका क्रममा शुक्रबार उनको मृत्यु भएको हो। सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल चढेका उनी ६ हजार १९० फिटको हिमाल आरोहणका क्रममा मृत्यु भएको हो।


यसबारे वासिंटन डिसीमा रहेको दुतावासलाई खबर प्राप्त भईसकेको तर विस्तृत विवरण भने आउन बाँकी रहेको राजदूत अर्जुन कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘यसबारे थप जानकारी लिने प्रयास भइरहेको छ । भरेसम्म बाँकी विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

खराब मौसमका कारण शव ल्याउनमा समस्या भइरहेको र शव ल्याउन अझै एकदुईदिन लाग्न सक्ने डिसीमा रहेको दुतावासका प्रवक्ता जीवन प्रकाश श्रेष्ठले खसोखासलाई जानकारी दिनुभयो । अल्ट्रा धावक तथा हिमाल आरोही सञ्जय पण्डितका आरोहरसम्बन्धि विभिन्न रेकर्ड छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com