सामसुङद्वारा रुसमा फोन र चिप बेच्न बन्द
प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार
स्मार्टफोन निर्माता सामसुङले ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यानमा राख्दै रुसमा आफ्ना फोन र चिप बिक्री बन्द गरेको छ ।
कम्पनीले भनेको छ ‘यस जटिल अवस्थालाई नियाल्ने छन् र त्यसपछि मात्र निर्णय लिनेछन्।’ दक्षिण कोरियाको सामसुङ रुसमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड हो। यसपछि सबैभन्दा धेरै बिक्री चीनको शाओमी र अमेरिकाको एप्पलले गरेको छ ।
कम्पनीले रसियामा आफ्ना सामानको बिक्री रोकेको छ र युक्रेनमा जारी मानवीय राहत कार्यमा सहयोग गर्न ६० मिलियन डलर सहयोग गर्ने बताएको छ । यसमा कर्मचारीहरू र इलेक्ट्रोनिक्सबाट सङ्कलन गरिएको पैसा समावेश हुनेछ।
यसअघि शुक्रबार माइक्रोसफ्टले रुसमा आफ्ना सामानको बिक्री रोकेको थियो ।
हर्मेस, केरिङ र च्यानल जस्ता विलासी सामान बनाउने धेरै फ्रान्सेली कम्पनीहरूले पनि रूसमा आफ्ना पसलहरू बन्द गरेका छन्। यसै क्रममा कार्ल्सबर्ग बियर बनाउने डेनमार्कको कम्पनीले पनि रुसमा निर्यात बन्द गरेको छ ।






