पुटिन हाम्रो देशलाई मरुभूमि बनाउन चाहन्छन्,नेटोका नेताले बुझेका छैनन् : युक्रेन मारिउपोल उपमेयर


प्रकाशित मिति : फाल्गुन २०, २०७८ शुक्रबार

रुसले युक्रेनको दक्षिणी सहर मारिउपोलमा लगातार गोलाबारी गरिरहेको छ । सहरका उपमेयरले नेटो नेताहरूलाई युक्रेनमा सेना पठाउन आग्रह गरेका छन्। यो देश मरुभूमिमा परिणत नहुँदासम्म र ठूलो संख्यामा सर्वसाधारण नमारिएसम्म रुस नरोकिने उनले बताए ।

मारिउपोलका डेपुटी मेयर सर्गेई ओर्लोभले बीबीसी रेडियो ४ को टुडे कार्यक्रममा भने – नेटोले यो क्षेत्रीय सङ्घर्ष होइन, लोकतन्त्र, स्वतन्त्रताको विरुद्ध हो र यो कुनै एकको विरुद्धमा हो भन्ने कुरा नबुझेसम्म पुटिनलाई हाम्रा नागरिक मार्नबाट रोक्ने कुनै उपाय छैन ।

सबैभन्दा ठूलो युरोपेली देशहरू

उनले पुटिन रोकिने छैनन् भन्ने नेटोका नेताहरूले बुझेका छैनन्, उनीहरू डराएका छन् र यो ठूलो खेदको विषय भएको बताए । जबकि हामी आशा गर्छौं कि कुनै दिन नेटो नेताहरूले युक्रेनलाई प्रत्यक्ष सैन्य सहायता बिल्कुल आवश्यक छ भनेर बुझ्नेछन् ताकि युक्रेनले पुटिनलाई रोक्न सक्छ। सर्गेई ओर्लोभले रुसी राष्ट्रपति पुटिनले युक्रेनको प्रश्न समाधान गर्न मरुभूमि बनाउन चाहेको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, उनले हाम्रा सहरहरू कब्जा गर्न नसकिने पनि बताए, किनभने शहर भनेको भवन मात्र होइन यहाँका मानिस हुन् । उनले भने  पुटिन सकेसम्म धेरै नागरिक मार्न पनि तयार छन्। मारियुपोलका बासिन्दाहरूले बीबीसीलाई रुसले उक्त क्षेत्रमा गोलाबारी गर्दै आवासीय क्षेत्रलाई असर गर्ने र बिजुली र पानी आपूर्तिमा असर पारेको बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com