युरोपको सबैभन्दा ठूलो न्यूक्लियर पावर प्लान्टमा रुसी हमलाबाट आगजनी,जेलेन्स्कीले भने ‘चेर्नोबिल भन्दा खतरनाक हुनेछ’


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आक्रमण गरेको बताएका छन् ।

उनले विश्वलाई सहयोगको अपिल गरेका छन् । ट्वीटरमा पोष्ट गरिएको भिडियो सन्देशमा जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक प्लान्ट खतरामा रहेको बताए ।

जेलेन्स्कीले रुसी सेनाले जानाजानी आणविक उर्जा प्लान्टलाई निशाना बनाएको बताए । उनले १९६८ मा चेर्नोबिल आणविक दुर्घटनालाई उद्धृत गर्दै भने ‘जापोरिजियाका छ वटा रिएक्टरहरूमा केहि गलत भयो भने नतिजा अझ खराब हुनेछ।’ जेलेन्स्कीले भने, ‘युरोपियनहरू  तपाईं आफ्ना नेताहरूलाई भन्नुहुन्छ , रूसी सेनाले युक्रेनको आणविक प्लान्टमा आक्रमण गरिरहेको छ।’

जेलेन्स्कीले आफू अमेरिका, बेलायत र ईयूका नेताहरूसँग सम्पर्कमा रहेको बताए । यससँगै उनले अन्तर्राष्ट्रिय टमिक एनर्जी एजेन्सीसँग पनि कुरा गरेको बताए । उनले युरोपका जनताले आफ्ना नेतालाई जगाउनुपर्ने बताए । जेलेन्स्कीले भने  ‘रुसी प्रचारले विगतमा विश्वलाई आणविक खरानीले ढाकेको थियो र त्यो चेतावनी अब सत्य हुँदै आएको देखिन्छ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com