नेपाली युवा प्रताप बस्‍नेत रुसविरुद्ध युद्ध लड्न युक्रेनी सेनामा भर्ति (भिडियो)


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

नेपाली युवा प्रताप बस्नेत रुसविरुद्ध युद्ध  लड्न युक्रेनी सेनामा भर्ति भएका छन्  । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको बताएका छन् ।

भिडियो हेर्दा उनी युक्रेनको सेनाको क्याम्प बाहिर देखिएका छन् । किभमा रहेका यी नेपाली युवा युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएको भनेका छन् ।

युक्रेनलाई यतिबेला ठूलो सहयोगको खाँचो रहेको भन्दै आफू युद्ध लड्न सेनामा भर्ती हुन लाग्दा डर होइन, गौरव लागेको  बताएका छन् । तर यो भिडियोको बारेमा हामीले स्वतन्त्र रुपमा पुष्टि भने गरेका छैनौँ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com