पुटिनका साथीहरूको सम्पत्ति बेच्न अमेरिकामा कानुन ल्याउँदै


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

 

पश्चिमी देशहरूले रुसका धेरै अर्बपति व्यापारीहरूलाई आर्थिक रुपमा  कडा प्रतिबन्ध लगाएका छन्। जसमा उनीहरुको सम्पत्ति जफत पनि परेको छ ।

अमेरिकामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका व्यवसायीमाथि थप कडा प्रतिबन्ध लगाइएको छ । बिहीबार  द्विदलीय सिनेटरहरूको समूहले एक विधेयक पेश गर्‍यो जसले बाइडेन प्रशासनलाई जफत सम्पत्तिबाट युक्रेनका जनतालाई आर्थिक सहयोग गर्ने अधिकार दिनेछ।

विधेयक पेश गर्ने प्रतिनिधि टम मालिनोस्कीले भने, ‘प्रतिबन्धित सम्पत्तिहरू सामान्यतया जफत हुन्छन्, ती स्थायी रूपमा अधिग्रहण हुँदैनन्। सामान्य परिस्थितिमा यो एक प्रकारको पूर्ण सुरक्षा हो। तर अहिले परिस्थिति असाधारण छ। हामीलाई लाग्छ कि यो अहिले नै हुनेछ।’

मालिनोस्की भन्छन् ‘अर्बपति पुटिन समर्थकहरूको विलासी बंगला र याटहरू कब्जाले युद्धग्रस्त युक्रेनीहरूलाई राहत दिनेछ र उनीहरूको मनोबल बढाउनेछ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com