रुसी सैनिकलाई रोक्न जनता सडकमा,युक्रेनी विदेशमन्त्रीले गरे तस्बिर सेयर


प्रकाशित मिति : फाल्गुन १९, २०७८ बिहीबार

युक्रेनमाथि रुसको हमलाको आज आठौँ दिन हो र हरेक दिन रुसको हमला थप तेज हुँदै गइरहेको छ । रुसले थुप्रै इलाकालाई आफ्नो नियन्त्रणमा लिएको छ र राजधानी किभमा लगातार बिस्फोटको खबर आइरहेको छ । यसैबीच रुसी सैनिकसँग जुध्न युक्रेनमा जनसागर उर्लिएको युक्रेनले दाबी गरेको छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले एउटा तस्बिर पोस्ट गरेर अहिले ठूदो संख्यामा मानिसहरु अगाडि आएर रुसी सैनिकसँग लडिरहेको दाबी गरेका छन् ।कुलेबाले यस्ता थुप्रै तस्बिर र भिडियो सार्वजनिक भइरहेको बताएका छन् । यससँगै कुलेबाले रुसको हवाई हमलाविरुद्ध सहयोगी देशसँग युक्रेनको मद्दत गर्न अपिल गरेका छन् ।

यसअघि स्विडेनको सेनाले रुसको चारवटा फाइटर जेट्सले हवाई सीमामा लागेको प्रतिबन्धको उल्लंघन गरेको खबर आएको थियो । थुप्रै युरोपेली देश झैँ स्विडेनले पनि रुसमाथि आफ्नो घरेलु हवाई क्षेत्रमाथि प्रतिबन्ध लगाएको छ । यद्यपि, स्विडेन नेटोको सदस्य देश होइन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com