रुसले केही मिनेटमै हाम्रा २ हजारभन्दा बढी नागरिकको हत्या गर्यो : युक्रेन
प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार
युक्रेनी अधिकारीहरूले विगत केही मिनेटमा रुसी आक्रमणमा आफ्ना २,००० भन्दा बढी सर्वसाधारण मारिएको दाबी गरेका छन्।
युक्रेनको आपतकालीन सेवाले आक्रमणमा १० उद्धारकर्मीको पनि मृत्यु भएको जनाएको छ । रुसी आक्रमणका कारण धेरै ठाउँमा आगो लागेको छ । आगजनीका ४०० घटनालाई उद्धारकर्ताहरूले नियन्त्रणमा ल्याएका छन्। उनले ४ सय १६ वटा बम पनि नष्ट गरेको दाबी गरेका छन् ।
युक्रेनमा रुसले गरेको आक्रमणको यो सातौं दिन हो । युक्रेनको आपतकालीन सेवाले सात दिनमा रुसी सेनाले सयौं यातायात केन्द्र, आवासीय भवन, अस्पताल र किन्डरगार्टेन ध्वस्त पारेको बताएको छ।
बुधबार रुसी क्षेप्यास्त्रले खार्किभको नगर परिषद् भवनमा प्रहार गरेको थियो । खार्किभ रुसी सिमानाबाट मात्र ३० माइल टाढा छ। पछिल्लो दुई दिनदेखि रुसी सेनाले यहाँ भीषण बमबारी गरिरहेको छ ।-BBC





