डीसीमा ४ चेली सहित दर्जन नेपाली मूलका बिभिन्न व्यक्तित्वहरु “सामुदायिक नायक” बाट सम्मानित


प्रकाशित मिति : असार ४, २०७४ आईतबार

 

विजय थापा,वाशिंगटन डिसी

जुन १८ ,अमेरिका को राजधानी वाशिंगटन डिसीमा नेपाल र नेपाली को पहिचान गराउने एक दर्जन नेपाली मूलका व्यक्तित्वहरुलाई ‘ सामाजिक /सामुदायिक नायक ” द्वारा सम्मान गरिएको छ l डीसी क्षेत्र को आर्लिंगटन केन्द्रिय पुस्तकालयमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न क्षेत्रमा उल्लेख्य काम गरि देशको शिर उच्च राख्नेहरुलाई हौसला तथा मनोबल उच्च राख्ने हेतुले उक्त सम्मान गरिएको हो l

अमेरिकाको लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले सम्मानित हुने सामुदायिक नायकहरुलाई बिशेष प्रमाण पत्र वितरण सहित सम्मान गरे l उक्त सम्मान कार्यक्रममा डिसी ,भर्जिनिया ,न्युयोर्क ,न्युजर्सी ,मेरिल्याण्डमा बसोबास गर्ने ,सामाजिक ,खेलकुद ,कला तथा अन्य बिबिध क्षेत्रमा बिशेष योगदान गर्ने हरुलाई सम्मान गरिएको थियो l

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त कार्यक्रममा न्युजर्सी कि महिला सामाजिक कार्यकर्ता बिष्णु माया परियार “सामाजिक सशक्तिकरण नायक”,खेलकुदमा बिशेष दातले वजन उठाई निरन्तर प्रस्तुति गर्ने भर्जिनियाका कराते खेलाडी उज्ज्वल ठकुरी लाई सामुदायिक मार्सल आर्ट्स नायक ,खेलकुद अन्तर्गत “सामुदायिक भारोत्तोलन नायक”मा रुप कार्की तथा बाल्टिमोर कि बालिका कृषा कार्की लाई “युवा सामुदायिक मार्सल आर्ट्स नायक”मा सम्मानित भएका छन् l

यसै गरि मेरिल्याण्ड बाल्टिमोरका कलाकार रतन सुबेदीलाई “सामुदायिक प्रहसन नायक “तथा मेरिल्याण्ड बाल्टिमोर कै अमेरिका आउने पहिला कलाकार ध्रुव ओन्ता लाई “सामुदायिक कला नायक “द्वारा सम्मानित गरिएको छ l

यसै गरि लामो समय देखि अमेरिका बस्दै आएका प्रख्यात संचारकर्मी पूर्व सीएनएन मा कार्यरत नेपाली मूल कि किरण छेत्री का पिता होम छेत्री लाई भ्वाईस अफ अमेरिकामा योगदान गरे वापत “सामुदायिक संचार नायक “तथा अमेरिकाको मेरिल्याण्ड मा बस्दै आएका र अमेरिकामा नेपाली समुदाय कै ईतिहासमा प्रथम पटक सार्बजनिक पदमा चुनाव लडेर निर्वाचित भएका टाउन अफ इन्डियन हेड का उप नगर प्रमुख किरण सिटौलालाई “गौरवमय सामुदायिक नायक” मा सम्मानित गरिएको छ l

यसै गरि न्यु योर्कमा बस्दै आएका बिश्व कीर्तिमानी गिनिज बिश्व पुस्तकमा नाम लेखाई नेपाल र नेपालीको नाम राख्न सफल रहेका रोहित तिमिल्सिनालाई “अद्वितीय सामुदायिक नायक”ले सम्मान गरिएको छ l

यसै गरि विश्व भर सम्पूर्ण नेपालीहरुको उच्च शिर राख्ने र हाल सयुक्त राष्ट्र संघको युवा सम्मेलन कि युवा सभापति बन्न सफल भएकी जोली अमात्यलाई “सामुदायिक युवा नायक “तथा अमेरिकन कांग्रेसमा युवा तथा बालबालिकाको हितमा काम को जिम्मेबार पाएकी नेपाली चेली कन्चन अमात्यलाई “विशिष्ट सामुदायिक नायक “द्वारा सम्मानित गरिएको छ l यसै गरि डिसी क्षेत्रका चिकित्सक डा मदन उप्रेती लाई नेपाल पुनर्निर्माण नायक नायक “द्वारा सम्मानित गरिएको छ l

कार्यक्रम तीन चरण औपचारिक उद्घाटन कार्यक्रम ,सम्मान कार्यक्रम तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो l सांस्कृतिक कार्यक्रममा कलाकारहरु यम बराल ,गम्बु शेर्पा ,सृजन ताम्राकार ,गणेश पराजुली लगायतको बिशेष प्रस्तुति रहेको थियो l उक्त सम्मान डिसी बाट संचालित अङ्किय पत्रिका ईनेप्लिज डटकम ५ औ बर्ष तथा रेडियो जिन्दगि १ बर्ष पुगेको अवसरमा सयुक्त बार्षिक उत्सव कार्यक्रममा संचार माध्यम ले सम्मान गरेको हो l

 

तस्बिर :राजीव श्रेष्ठ

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com