राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल
प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार
Bundesaussenminister Frank-Walter Steinmeier, SPD, beim Treffen mit Vertretern von Nichtregierungsorganisationen im Internationalen Club Berlin, 04.11.2015. Copyright: Michael Gottschalk/photothek.net [Tel. +493028097440 – www.photothek.net – Jegliche Verwendung nur gegen Honorar und Beleg. Urheber-/Agenturvermerk wird nach Paragraph13 UrhG ausdruecklich verlangt! Es gelten ausschliesslich unsere AGB.]
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गर्नुभएको छ ।उहाँले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभएको छ– युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ ।उहाँले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताउनुभयो ।





