खार्किभमा भएको आक्रमणमा २१ जनाको मृत्यु ,११२ घाइते,खेरसन पनि नियन्त्रणमा लिएको रुसको दाबी


प्रकाशित मिति : फाल्गुन १८, २०७८ बुधबार

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खारकिएभमा भएको रुसी हमलामा २१ जनाको मृत्यु भएको छ भने ११२ घाइते भएका छन् । खारकिएभका मेयरले यसबारे जानकारी दिएका हुन् ।

द्यपि, खारकिएभ रिजनल स्टेट एड्मिनिस्ट्रेशनका गभर्नरले खारकिएभमा मंगलबार रातभरी भएको भारी बम विस्फोटको बावजुद सबै रुसी आक्रमणहरू विफल भएपछि रोकिएको बताएका छन् । भर्नर ओलेग सिनेगुबोवने भने, ‘रुसी दुश्मनले भारी क्षती व्यहोर्नुपरेको छ ।’

रुसी सैनिक शहरको उत्तरपूर्वी र उत्तरी क्षेत्रमा प्रवेश गरेको मान्यता राखिएको छ किनभने खारकिएवमा जेट विमानद्वारा बमबारी गरिएको छ ।

रुसद्वारा युक्रेनको खेरसन शहरमाथि नियन्त्रणको दाबी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी सेनाले युक्रेनको दक्षिण शहर खेरसनमाथि कब्जा जमाएको रुसको रक्षा मन्त्रालयले दाबी गरेको छ । यदि यो शहरमाथि युक्रेनको नियन्त्रण नभए, यो रुसको कब्जामा आउने रुसको सबैभन्दा ठूलो शहर हुनेछ ।यसअघि राती रुसी सैनिक शहरको गल्लीमा देखिएका थिए । शहरका मेयरले खेरसनको रेल स्टेशन र बन्दरगाहमा रुसी सैनिकले कब्जा गरेको बताएका थिए ।


युक्रेन र रुसबीच युद्धको आज सातौँ दिन हो । रुसी हमलामा युक्रेनमा भारी विनाश भएको छ । युक्रेनका केही इलाका रुसको कब्जामा पनि छ तर राजधानी किएभमा हाल युक्रेनकै नियन्त्रण छ । यसैबीच दुबै देशका प्रमुखबीच सोमबार एक चरणको वार्ता पनि भएको थियो जुन निष्कर्षविहिन भएको थियो ।

रुसले युक्रेनमाथि हमला रोक्नका लागि जुन शर्त राखे त्यो युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले मान्न अस्वीकार गरिदिए । त्यसपछि रुसले युक्रेनमाथि हमलालाई तीब्रता दिएको छ । युक्रेनको दोस्रो ठूलो शहर खारकिएभमा मिसाइल हमला पनि भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com