खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार (भिडियो )
प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार
युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको एउटा विस्फोटनको भिडियो ट्विटरमा सार्वजनिक गरेको छ । भिडियो सार्वजनिक गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ। रुसी मिसाइलले केन्द्रीय फ्रिडम स्क्वायर र खार्किभको आवासीय जिल्लाहरूमा प्रहार गरेको छ।
एएफपीका अनुसार यस क्षेत्रका गभर्नरले युक्रेनको सेन्ट्रल स्क्वायरमा गोलाबारी भएको जानकारी दिएका छन्। कीभ अहिलेसम्मकै सबैभन्दा नराम्रो आक्रमणमा परेको हुनसक्ने रिपोर्टहरू भइरहेका छन्।
Barbaric Russian missile strikes on the central Freedom Square and residential districts of Kharkiv. Putin is unable to break Ukraine down. He commits more war crimes out of fury, murders innocent civilians. The world can and must do more. INCREASE PRESSURE, ISOLATE RUSSIA FULLY! pic.twitter.com/tN4VHF1A9n
— Dmytro Kuleba (@DmytroKuleba) March 1, 2022






