सयौं बख्तरबंद,ट्याङ्क र तोप बोकेर रुसी सेनाको ठूलो फौजा कीभतर्फ जाँदै
प्रकाशित मिति : फाल्गुन १६, २०७८ सोमबार
युक्रेनमा रुसको आक्रमणको पाँचौं दिनमा युद्धले थप तीव्रता र आगक्रमक बनाएको छ । यद्यपि लडाइँ चलिरहँदा बेलारुसमा दुवै देशका प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो । यो भेट पाँच घण्टासम्म चलेको थियो ।
सार्वजनिक गरिएको स्याटेलाइट तस्बिरहरूले स्पष्ट रूपमा देखाउँछन् कि रूसी सेनाको ठूलो काफि राजधानी कीभतर्फ बढिरहेको छ।
यी तस्बिरहरू सोमबार दिउँसो युक्रेनमा खिचिएका हुन्।
यी तस्विरहरूमा रुसी सेना राजधानी किभबाट २७ किलोमिटर टाढा एन्टोनोभ एयरपोर्ट नजिक पुगेको स्पष्ट देखिन्छ ।
तस्बिरहरू जारी गर्ने स्याटेलाइट-इमेजिङ कम्पनी म्याक्सर टेक्नोलोजीजका अनुसार काफिलेमा ‘सयौं बख्तरबंद सवारी साधन, ट्याङ्क, तोपखाना र रसद बोक्ने सवारी साधन’ समावेश छन्। -एजेन्सी






