भित्री बस्त्रमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुई जना विदेशी नागरिक पक्राउ


प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार

नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए ।

विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच ९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।

यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन झण्डै एक किलो ( ९३६ ग्राम)  रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रहेको छ ।

उहाँका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।-RSS

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com