स्थानीय तह निर्वाचन : राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित


प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार

स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा (एमाले),नेकपा (माओवादी केन्द्र) सहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।

संघीय सरकारका सत्ता साझेदार दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सकेर सङ्गठन विस्तार अभियानमा रहेका ठूला दल चुनाव केन्द्रित हुँदै आएका हुन् ।

जिल्ला अधिवेशनपछि तातेको कांग्रेसले पार्टी कार्यालय निर्माण, ५० लाखको कार्यालय व्यवस्थापन कोष अभियानलाई तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जित शेरचनले जानकारी दिनुभयो । उहाँले कांग्रेस वडा तहमै आफ्नो निर्वाचन केन्द्रित अभियान, सङ्गठन विस्तारसँगै पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन अभियान चलाइरहेको जानकारी दिनुभयो ।

“सत्ता गठबन्धनका विषयमा समेत छलफल भइरहेको छ, तर गाउँमा अहिले आ–आफ्नै ढङ्गले चुनावी अभियन केन्द्रितसमेत भएका छौँ, सँगसँगै जिल्लाको पार्टी कार्यालय बनाउनका लागि सहयोग सङ्कलन र भेटघाटलाई तीव्रता दिँदै आएका छौँ”, सभापति शेरचनले भन्नुभयो, “निर्वाचनमा कांग्रेसले जनताको मन जित्ने गरी अहिले गाउँ, वडादेखि टोलसम्मै पार्टीका गतिविधि बढाइरहेका छौँ ।” उहाँका अनुसार टोलमै पुगेर निर्वाचन लक्षित समिति गठन गर्दै चुनावी अभियानलाई तीव्रता दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमालेले जिल्ला अधिवेशन, जिल्ला कमिटी बैठक सकेर पालिका हुँदै वडामा पुगेको एमाले प्रचार विभाग प्रमुख चन्द्र गणेश पौडेलले जानकारी दिनुभयो । “स्थानीय तहको निर्वाचन मिति तोकेलगत्तै उत्साहित बनेको एमाले र निर्वाचित जनप्रतिनिधि अहिले गाउँमा भेला, बैठक तथा सङ्गठन विस्तार अभियानमा लागि परेका छन्”, उहाँले भन्नुभयो, “अहिले एमाले कसरी आफूले निर्वाचनमा विजयी हुने भन्ने रणनीतिक योजनाका साथ गाउँ पसेको छ, अहिलेसम्म बरेङ गाउँपालिका अधिवेशनबाहेका नौ वटा स्थानीय तह र सबै वडा अधिवेशन सकेर एमाले गाउँ गाउँमा पुगेको छ ।”

अहिले सत्ता साझेदारी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनलाई स्थानीय तहको निर्वाचनसम्मै लैजानका लागि दलीय भेटघाट बढाएका छन् भने छुट्टाछुट्टैरुपमा गाउँमा आफ्ना गतिविधिसमेत बढाउँदै लगेको देखिन्छ ।

यस्तै गठबन्धनलाई स्थानीय तहमा कायम गरेर लैजानै अथवा अन्य विकल्प खोज्ने विषयमा गठबन्धनसँग र एमालेसँग भेटवार्ता बढाइरहेको र माओवादी केन्द्रले आफ्नो ढङ्गले गाउँ केन्द्रित अभियान चलाइरहेको माओवादी केन्द्र बागलुङ नगर कमिटीका सचिव राजु खड्काले जानकारीदिनुभयो । माओवादीले बागलुङ नगरपालिकाका सबै वडा र टोलमा यही फागुन १४ सम्म भेला गरी सक्ने गरी प्रतिनिधि खटाएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले समेत पार्टीका गतिविधिलाई सक्रिय बनाएको छ ।

सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन नहुने काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । उहाँले स्थानीय तह पुनःजनप्रतिनिधिविहीन हुने अवस्थाको अन्त्य भएको र स्थानीय राजनीतिक दल निर्वाचन केन्द्रित भएको जानकारी दिनुभयो ।

जिल्लामा जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा निर्वाचनको मिति घोषणाले उत्साह छाएको छ । पुनः स्थानीय तहको सत्ता कर्मचारीकै हातमा पुग्ने होकी भन्ने पिरलो स्थानीय तहको निर्वाचन मिति घोषणसँगै हटेर गएको जिल्लाका नेताले बताएका छन् ।

जिल्लाका राजनीतिक दलले आफ्नो पालिकादेखि वडासम्मै जिम्मेवारी बाँडफाँट विभिन्न विभाग, फाँट, वडागतरुपमा भौगोलिक जिम्मेवारी दिएर पार्टीलाई निर्वाचन केन्द्रित अभियान सञ्चालन गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com