प्रदर्शनकारीमाथि रबरको गोली प्रहार, नबुझी प्रदर्शन नगर्न कांग्रेस महामन्त्री शर्माको आग्रह


प्रकाशित मिति : फाल्गुन ८, २०७८ आईतबार

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली चलाएको छ । आइतबार नयाँबानेश्वरको बिजुली बजार क्षेत्रमा आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले बाध्य भई रबरको गोली प्रहार गरेको हो ।

आइतबार संसद् भवनभित्र सरकारले एमसीसी पेश गर्दै गर्दा बाहिर सडकमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडप भएपछि एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फ्याँकेको थियो ।

नबुझी प्रदर्शन नगर्न महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बारे नबुझी विरोधमा नउत्रन आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा सिके प्रसाईंको २८औँ स्मृति दिवसमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारमा हुँदा होस् वा नहुँदा पनि एमसिसीबारे स्पस्ट धारणा राख्दै आएको बताउनुभयो ।

सिके चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा एमसिसीलाई अहिले राष्ट्रघातको रूपमा हेरिए पनि २० वर्षपछि राष्ट्रिय आम्दानीको दर्विलो स्रोत हुने दाबी गर्दै शर्माले भन्नुभयो, “एमसिसीको सहयोगबाट बिजुली उत्पादन र ट्रान्समिसन लाइन बन्ने हो । ट्रान्समिसन लाइनबाट भारतलाई बिजुली बेच्ने हो । तसर्थ भारतको समर्थन खोजिएको हो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले नेपाल चीन र अमेरिका कुनै पनि राष्ट्रको पक्षमा नउभिने स्पष्ट पार्दै सबै देशको लगानीलाई स्वागत गर्ने बताउनुभएको छ । उहाँले सैन्य रणनीति बाहेकका सबै मुलुकको सहयोग स्वीकार गर्ने स्पष्ट पार्नुभयो । “बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा निवेदन हालेर एमसिसीको प्रक्रिया अघि बढेको हो”, शर्माले भन्नुभयो, “प्रक्रिया अघि बढाउँदा भीम रावल र नारायणकाजी श्रेष्ठ पनि सरकारमा हुनुहुन्थ्यो । अहिले त्यसको विरोध किन रु रावल र श्रेष्ठलाई म चुनौती दिन चाहन्छु, तपाईंहरू सरकारमा हुँदा प्रक्रिया अघि नबढेको भए म पद त्याग्न तयार छु । तपाईंहरू तयार हुनुहुन्छ रु”

उहाँले देशको समृद्धि र विकास लागि सिके प्रसाईंको शालिनता र सिद्धान्तप्रतिको निष्ठालाई अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातान्त्रिक समाजवाद, वाक एवं अभिव्यक्ति स्वतन्त्रताका लागि जीवनभर सङ्घर्ष गर्नुभएका सिके प्रसाईंले पञ्चायती शासनमा लामो समय निर्वाशनको सजाय भोग्नुपरेको थियो भने सर्वस्वहरणमा पर्नुभएको थियो । समाजवादी विचारकको रूपमा रहनुभएका सिकेले आफ्नो जीवनकालमा लेख्नुभएका विचारलाई समेटेर ‘आजको सरल राजनीति र सिकेका विचार’ नामक कृति प्रकाशन भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com