महावीर पुन ‘गण्डकी रत्न’ बाट विभूषित हुने


प्रकाशित मिति : फाल्गुन ५, २०७८ बिहीबार

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मानित गर्ने भएको छ । उहाँले विज्ञान र प्रविधिको क्षेत्रका उन्नयनमा महत्वपूर्ण योगदान दिनुभएको थियो ।

‘रामोन म्यागासेसे’ पुरस्कारसमेत पाइसक्नुभएका उहाँले नेपालका विभिन्न ग्रामीण भेगमा वायरलेस इन्टरनेटको पहुँच विस्तार गरेर प्रविधिका विकासमा महत्वपूर्ण योगदान वापत सो सम्मान अर्पण गर्न लागिएको हो । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पुनलाई सम्मान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।

प्रदेशको सबैभन्दा ठूलो विभूषणका रूपमा ‘गण्डकी रत्न’ लाई लिइन्छ । प्रदेश सरकारको स्थापनाको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार उहाँलाई सो सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।

“पुनले विज्ञान र प्रविधिको क्षेत्रमा दिनुभएको योगदानको कदर गर्दै मन्त्रिपरिषद्ले उहाँलाई नै यस वर्षको गण्डकी रत्न दिने निर्णय गरेको हो,” सरकारका प्रवक्ता खड्काले भन्नुभयो “प्रत्येक वर्ष तीन जनालाई गण्डकी रत्नबाट विभूषित गर्ने भनिएको भए पनि यो पहिलो वर्षमा एक जनालाई मात्रै विभूषित गरिएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेशको आन्तरिक मामिला मन्त्रालयले गत माघ चार गते सूचना जारी गर्दै सम्मानको दाबी गर्नेहरूबाट आवेदनको आह्वान गरेको थियो । यस क्रममा भाषा, साहित्य, खेलकूद, पर्यटन, समाज सेवा, संस्कृति, उद्योग लगायतका क्षेत्रमा काम गर्दै आएका आठले आवेदन दिएका थिए । उनीहरू कास्कीका तीन, स्याङ्जा र तनहुँका दुई/दुई तथा लमजुङका एक थिए । ‘गण्डकी रत्न’ पाउने व्यक्तित्वलाई गण्डकी प्रदेशमा आयोजना हुने सभा समारोहमा प्रदेशसभा सदस्य सरहको मान्यता र सुविधा दिने व्यवस्था छ ।

पुन अहिले राष्ट्रिय आविष्कार केन्द्रमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । सन् १९९५ जनवरी २२ मा म्याग्दीको नागी गाउँमा जन्मिनुभएका पुन सन् १९८९ मा नेब्रास्का विश्वविद्यालयबाट विज्ञान शिक्षामा स्नातकोत्तर गर्नुभएको हो । उहाँले स्नातकोत्तर पूरा गरेपछि २४ वर्षपछि जन्म गाउँ फर्किएर कम्प्युटर शिक्षा र आय स्रोत वृद्धिलाई ध्यानमा राखी आफ्ना योजना अगाडि बढाउनुभएको थियो ।

पछि सन् २०१२ मा सूचना तथा प्रविधिमार्फत देश विकासका सम्भावनाको खोज र आविष्कार गर्ने उद्देश्यले मुनाफा रहित संस्था ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरेर प्रविधिको खोजी र अनुसन्धानमा तल्लीन रहँदै आउनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com