यस्तो छ अमेरिकामा सम्पन्न गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलनको ११ बुँदे घोषणापत्र


प्रकाशित मिति : भाद्र १३, २०७३ सोमबार

गैरआवासीय नेपाली संघको नवौं क्षेत्रिय सम्मेलन अगष्ट २७ र २८, २०१६ (भाद्र ११ र १२ २०७३)मा अमेरिकाको न्युजर्सी शहरमाभब्यरुपमा सम्पन्न भयो । “भिजन ट्वान्टी ट्वान्टी एण्ड बियोण्ड” भन्ने मुख्य विषय रहेको सम्मेलनको उद्घाटनमा प्रमुखअतिथिको रुपमापूर्व सभामुख माननीय सुवास चन्द्र नेम्वांगको उपस्थिति रह्यो । त्यस्तै अतिथिको रुपमा माननीय सदस्यहरु महेन्द्र यादव, मोहन बराल, न्युजर्सीका कंग्रेसमेन डोनाल्ड पेन जुनियर, अमेरिकाकालागि नेपाली राजदुत डा. अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्य, कानूनमन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायिप्रतिनिधि डा.दुर्गा प्रसाद भट्टराई, उद्योगपति बिनोद चौधरी, नेपालउद्योग बाणिज्य महासंघका सदस्य चन्द्र ढकाललगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघका पदाधिकारी तथा २५ देशका ५०० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा भएको यस सम्मेलनमा व्यक्त बिभिन्न बिचारहरुलाई सम्मानगर्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको न्युजर्सी घोषणा पत्र जारी गर्दछ ।

१. देशको समृद्धि हाम्रो चाहनाहो । राजनीतिक स्थिरता त्यसको पहिलो आधार हो । त्यसैले यो सम्मेलन सबै पक्षको सहमतीमा संविधान कार्यान्वयनगर्दै देशलाई स्थायित्व प्रदानगर्न सम्पूर्ण दलहरुलाई आग्रह गर्दछ । साथै, संविधान कार्यान्वयनको क्रममा बन्ने नागरिकता लगायतका ऐनहरुमा गैरआवासीय नेपालीहरुको भावना र मर्म समेट्न पनि यो सम्मेलन नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।

२. भुकम्प प्रभावितहरुको लागि घर निर्माण गर्ने प्रतिवद्धता अनुसार गोर्खाको लाप्राकमा नमूना बस्ती निर्माण गर्ने निष्कर्ष सहित सोही ठाउंमा नै सम्माननीय राष्ट्रपति बिद्यादेवि भण्डारीज्युको उपस्थितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको प्रति यो सम्मेलन खुसी ब्यक्तगर्दछ । साथै संघले बस्तीनिर्माणको लागिप्राविधिककार्य अगाडि बढाईसकेको अवस्थामा लाभग्राहिले पाउने जग्गा लगायतका सरकारी पक्षबाट गरिदिनुपर्ने कार्य तत्काल पुरा गरिदिन यो सम्मेलन सम्बन्धित निकायको ध्यानाकर्षण गराउंदछ ।

३. गैरआवासीय नेपाली संघले लामो समय देखि भन्दै आएको र सरोकारको बिषय रहेको खुल्ला बिश्वबिद्यालय ऐन संसदबाट पारित भएकोमा सम्बन्धित समितिलगायत सिंगो ब्यवस्थापिका संसदप्रति हार्दिक आभार प्रकट गर्दछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

४. गैरआवासीय नेपाली संघलाई नेपालको आर्थिक तथा सामाजिकविकासको साझेदार बनाउने संघको सातौ बिश्वसम्मेलनको घोषणापत्रको बुँदा नम्बर दुईको निर्णयलाई कार्यान्वयनगर्न यो सम्मेलनमा भिजन २०२० एण्ड बियोण्ड’ अबधारणा प्रस्तुत गरियो । प्रस्तुतअबधारणामाथि भएको छलफलका क्रममा प्राप्तभएका र पछि प्राप्तहुने सुझावहरुलाई समेट्दै यो अवधारणालाई अगाडि बढाउन अन्तराष्ट्रिय समन्वय परिषद् (आईसिसी)लाई जिम्मादिने यो सम्मेलन निर्णय गर्दछ ।

५. नेपालको उद्यमशिलता बिकास तथा ब्यापार व्यवासाय प्रवद्धनको लागि सम्बन्धितमुलुकहरुको दुतावाससंग समन्वयगर्दै दोहोरो कर मिनाहाको लागि पहलगर्न यो सम्मेलन नेपाल सरकारसंग आग्रहगर्दछ ।

६. नेपालको पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीहरुको विशेष भूमिका रहनु पर्दछ भन्ने कुरा आत्मसात गर्दै पर्यटन प्रवर्धन सम्बन्धी कार्यक्रमहरु हरेक देशमागर्ने र नेपालको पर्यटन बिकासमा एनआरएनलाई खुलेर सहयोग गर्न यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

७. नेपाल सरकारको सेवालाई बैदेशिक रोजगारमा रहेका कामदारहरूसम्म सहजपार्न, लेबनान र इराकमा सरकारी उपस्थिति तथा साउदी, युएई जस्ता मुलुकहरूमा नियोगको बिस्तार तथा आवश्यक कानूनी सेवासमेत प्रदानगर्नेगरी क्षमताअभिबृद्धिगर्न र बैदेशिक रोजगारमान्याय, उद्धार र क्षतिपूर्तिका लागिकानूनले निर्दिष्ट गरेका पक्षहरूलाई जिम्मेवार बनाउन नेपाल सरकारसंग यो सम्मेलन मागगर्दछ । साथै यो सम्मेलन, बैदेशिक रोजगार नीतिनिर्माण गर्दा गैरआवासीय नेपाली संघको उचितप्रतिनिधित्वगर्दै पीडित कामदार तथा घरेलु महिलाहरूको तत्काल उद्धार गर्न साधन स्रोत सहितको द्रुत उद्धार संयन्त्रको निर्माण गर्न पनि माग गर्दछ ।

८. स्वदेशमा लगानी बढाई रोजगारका अवसरहरू अभिबृद्धिगर्दै बैदेशिक रोजगारमागएकाहरुको पुनस्र्थापना एवं सामाजिक सुरक्षा, संचय कोष र बिमाप्राप्तिको लागि नेपाल सरकारसंग यो सम्मेलन अनुरोध गर्दछ ।

९. बिदेशमा जन्मिएका नेपाली एकलमहिलाका सन्तान नागरिकताबिहीन भएको ह ुँदा त्यस्ता नावालकहरुलाई नागरिकता तथा ट्राभल डकुमेन्ट प्रदानगर्नका लागि उपयुक्त कानुन निर्माण गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।

१०. गैरआवासीय नेपालीको उल्लेख्य संख्या बढेका देशमा नेपालीदुताबास स्थापनागर्न नेपाल सरकारसंग यो सम्मेलन माग गर्दछ । साथै त्यस्ता देशकादुताबास नेपालमा स्थापनागर्न पनि यो सम्मेलन आवस्यक ठान्दै उचित पहलका लागि आग्रह गर्दछ ।

११. बिदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघमा समावेश गर्दै स्वदेशमा संचालन भइरहेका युवा सम्बन्धी कार्यक्रमहरुमा सहभागिता गराउदै जान यो सम्मेलन प्रतिवद्धता जाहेर गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com