याक एण्ड यती होटल सञ्चालनको वातावरण बनाउन मन्त्री आलेसँग हानको माग


प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार

होटल सङ्घ नेपाल (हान)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटी कोभिड–१९ बाट सिर्जित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि आग्रह गरेको छ ।

हानका अध्यक्ष सिर्जना राणा नेतृत्वको टोलीले पर्यटनमन्त्री आलेसँग पर्यटन क्षेत्रका समसामयिक विषयवस्तुबारे छलफल गरेको हानले विज्ञप्तिमार्फत जनाएको छ । अध्यक्ष राणाले नेपालको पर्यटन उद्योगको प्रवद्र्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको हानको गतिविधिबारे अवगत गराउनुभएको थियो ।

कुनै पनि व्यक्ति वा संस्थाले कानुनले निर्धारण गरेको राजस्व, कर तथा शुल्क राज्यलाई बुझाउनुपर्ने कर्तव्यबाट विमुख हुन नहुने भन्दै उहाँले राज्यले तोकेको राजस्व तथा शुल्कको नियमसङ्गत हुने विषयमा समर्थन रहेको बताउनुभयो ।

नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको पाँचतारे होटल याक एण्ड यतीको इजाजत खारेजीबारे ध्यानाकर्षण गराउँदै अध्यक्ष राणाले यसबाट श्रमिक, कर्मचारीको पारिश्रमिक तथा करारअन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा–सुविधा उपलब्ध गराउन समस्या रहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्यको कानुनसङ्गत नियम पालना गराउने मामलामा हानको सहयोग रहने तर होटलले राष्ट्रिय अर्थतन्त्र तथा रोजगारीमा पु-याएको योगदानको कदर गर्दै होटलजस्तो ठूलो लगानी भएको प्रतिष्ठानले अर्थतन्त्रमा पु¥याएको योगदानको कदर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com