सदन सञ्चालन र विधेयकअगाडि बढाउने विषयमा सर्वदलीय बैठकमा छलफल


प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार

;j{bnLo a}7s sf7df8f}F, @ kmfu’gM ;efd’v clUgk|;fb ;fksf]6fsf] cfXjfgdf ;f]daf/ l;+xb/af/df a;]sf] ;j{bnLo a}7sdf k|wfgdGqL z]/axfb’/ b]pjf, g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k’iksdn bfxfn …k|r08Ú, g]skf -PsLs[t ;dfhjfbL_sf cWoIf dfwjs’df/ g]kfnnufot ;xefuL . tl:a/ M /Tg >]i7÷/f;;

सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरू सम्मिलित सर्वदलीय बैठकमा संसद् बैठकलाई सञ्चालन गर्न पहल गर्ने तथा सदनमा पेस हुने क्रममा रहेका विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षीलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँग नियमित छलफल गरेर सदनको कामकारबाहीलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको छ ।

बैठकमा राष्ट्रिय महत्वका विषयमा आमसहमति बनाउन सबैले पहल गर्ने विषयमा पनि छलफल भएको सभामुख सापकोटाले जानकारी दिनुभयो । “आजको बैठकले संसद् सञ्चालन गर्नका निम्ति सबैलाई गम्भीर बनाएको छ, सदन खुलाउन पहल गर्ने अनुभूति भएको छ, यसका साथै विधेयकसम्बन्धी धेरै गम्भीर ढङ्गले छलफल भएको छ”, बैठकपछि उहाँले भन्नुभयो, “नागरिकता, नागरिक उड्डयनलगायत महत्वपूर्ण विधेयक पारित गर्नुपर्नेछ, राष्ट्रियसभाबाट पारित भएर आएका विधेयक पारित गर्नुपर्ने अवस्था छ ।”

सदनबाट पारित हुनुपर्ने विधेयकबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र विभिन्न राजनीतिक दलका नेतासँग गम्भीर ढङ्गबाट कुरा राखेको उहाँले जानकारी दिनुभयो । “समसामयिक विषय र राष्ट्रिय जीवनका सबै समस्याहरूमा व्यापक छलफल भएको छ, यो छलफललाई जारी राख्नुपर्छ भन्ने सबैको समान धारणा आएको छ”, सभामुख सापकोटाले भन्नुभयो । उहाँले सदनलाई सञ्चालन गर्न पहल र प्रयत्न गर्ने तथा थाती विधेयक पारित गर्न र राष्ट्रिय रूपमा देखिएका समस्या समाधान गर्न अधिकतम पहलकदमी लिइने बताउनुभयो । सदनलाई सञ्चालन गर्नका लागि छलफलको वातावरण बनाउनु नै राष्ट्रको महत्वपूर्ण विषय भएकामा सबैको एकमत पाएको उहाँले बताउनुभयो ।

एमसिसी सम्झौताका बारेमा पनि सबैले आ¬–आफ्नो धारणा राखिरहेको स्पष्ट रहेको उल्लेख गर्दै उहाँले आफूले तटस्थ, निष्पक्ष र स्वतन्त्र ढङ्गबाट निर्णय लिइने बताउनुभयो । एमसिसीलाई कसरी अगाडि बढाउने भन्ने विषय दलहरूको हातमा रहेको बताउँदै उहाँले भन्नुभयो, “निर्णायकको भूमिका त दलहरूकै हुन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले संसद्लाई सञ्चालन गर्ने सन्दर्भमा सभामुखले सर्वदलीय बैठकको आह्वान गर्नुभएको बताउनुभयो । संसद्मा रहेका महत्वपूर्ण विधेयकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकमा छलफल भएको उहाँले जानकारी दिनुभयो । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले लगातार संसद् अवरोध गरिरहँदा नागरिकता, महिला हिंसा रोकथामलगायत ४२ विधेयक संसद्मा अलपत्र परेका छन् ।

उहाँले एमालेले गैरकानुनीरूपमा संसद् अवरुद्ध गरिरहेको प्रतिपक्षीको व्यवहारले लोकतन्त्र कमजोर भइरहेको बताउनुभयो । “बैठकमा प्रतिपक्षीलाई सहमतिमा ल्याउन प्रयास गर्नुपर्छ भन्ने विषयमा छलफल भयो, गलत काम ढाकछोप गर्न सधैँ संसद् अवरुद्ध गर्ने र जनताको आवाजलाई प्रवेश गर्न नदिने अवस्था अन्त्य गर्नुपर्छ, त्यसका लागि सदनलाई सञ्चालन गर्नुपर्छ भन्ने नै निष्कर्ष रह्यो ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com