मेरिल्याण्ड राज्य संसदमा दोश्रो कार्यकालका लागि भण्डारीबाट औपचारिक उम्मेदबारी दर्ता


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्दै आएका नेपाली मूलका अमेरिकन ह्यारी भण्डारीले दोश्रो कार्यकालका औपचारिक उम्मेदबारी दर्ता गरेको घोषणा गरेका छन् । आज आफूले मेरिल्याण्ड डिस्ट्रिक्ट ८ को डेलिगेट पदका लागि दोस्रो कार्यकालका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता गरेको उनले बताएका छन् ।

पश्चिम नेपालको पर्वत थापाथानामा जन्मेर सुरूवाती शिक्षा त्यही पूरा गरेका आफूलाई आज यो विन्दुमा आइपुग्दा आँखा अगाडि त्यो लामो यात्राका अनेकौ आरोह अवरोहरू सिनेमाको रिलझै घुमिरहेको उम्मेदबारी दर्तापछि भण्डारीले बताएका छन् । उनले भनेका छन् – ‘अमेरिका आएपछि आफ्नो मनमा एउटै कुरा खेलिरहेको हुन्थ्यो कि हामीले हाम्रो समुदायलाई अमेरिकाको मूलधारसँग जोड्नुपर्छ र हाम्रा समस्यालाई अमेरिकी साझा समस्या बनाउनुपर्छ। त्यसो गर्न सकियो भने मात्र हामी भिजिबल हुन्छौ र हाम्रा समस्याहरू समाधानको दिशामा अगाडि बढ्छन्। अमेरिका हामी र हाम्रा सन्ततिका लागि प्रचुर अवसर रहेको देशका रूपमा उपस्थित हुन्छ।’

‘आज फर्केर हेदा हाम्रो साझा सपना केही मात्रामा भए पनि साकार हुने दिशामा अगाडि बढिरहेको छ। छोटो समयमा जुनसुकै क्षेत्रमा रहेर पनि हाम्रो समुदायले जुन उपलव्धी हासिल गरेको छ, त्यो आफैंमा एक मानकको रूपमा उभिएको छ।’ –  भण्डारीले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भण्डारी भन्छन् – ‘प्रस्तुत पृष्ठभूमिमा विधायकका लागि उम्मेद्वारी दिइरहेको बेला अमेरिकाकै सबैभन्दा पुरानो स्टेट क्यापिटल हलमा जारी ४४४औं संससदीय सत्रमा म मेरो पहिलो कार्यकालको अन्तिम सत्रमा विधायिकी कार्यहरू सम्पन्न गरिरहेको छु। जहाँबाट जेफरसन र वासिङट्टनले आजको विशाल अमेरिका बनाउन देखेका सपनाहरूमा हामी र हाम्रा सन्ततिका सपनाहरू तरङ्गित भैरहेको अनुभव हुन्छ। त्यसबाट हासिल भएका अनुभव र आत्मबल हाम्रा समुदायका सार्वजनिक पूँजी हुन्। अहिले अमेरिकाभरि नै हाम्रो समुदायका होनहारहरू केही सार्वजिक पदमा रहेर र केही त्यसका लागि प्रयासरत रहेर नेपाली समुदायको सामाजिक आर्थिक स्थिति मजबुत बनाइरहनु भएको छ। म उहाँहरू सबैको सफलता र प्रयासको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु। र, सहकार्यका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्दछु।’

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा भण्डारीले भनेका छन् – ‘राजनीति एउटा युगिन रिले यात्रा हो। यो १००मिटरको दौड वा केही माइलको म्याराथुन जस्तो आवधिक दौड हैन । चुनाव राजनीतिको एक अभिन्न अंग हो। हाम्रो समुदाय यसमा सहभागी हुनुपर्छ। हाम्रो सहभागिताले नै हाम्रो समुदायलाई हरेक क्षेत्रमा प्रतिस्पर्धी बनाउँछ। र, यही प्रतिस्पर्पधाको दौड पार गरेपछि मात्र हामी नीति निर्माणको तहमा पुग्छौं। अनि मात्र हाम्रो समुदायका समस्याहरू नीतिगत र संरचनागत रूपमा संवोधन हुने दिशामा अघि बढ्छन्।’

यही आशा र विश्वास नै आफूलाई पुनस् उम्मेद्वार बनाउने मूल आधार रहेको उनको भनाई छ । उनी भन्छन् – ‘मेरो उम्मेद्वारी अहिलेका लागि डेमोक्रेटिक पार्टीको आधिकारिक उम्मेद्वारी जित्ने आकांक्षाको लागि हो। जुन २६ मा हुने डेमोक्रेटिक प्राइमरीमा विजयी भएपछि मात्र नोभेम्बर ८ मा हुने चुनावका लागि डेमोक्रेटिक उम्मेद्वार हुने मेरो ढोका खुल्नेछ।’

‘मलाई आशा एवं विश्वास छ, यसअघिझै यसपटक पनि यहाँहरूको आशीर्वाद, माया, साथ, सहयोग र सद्भाव प्राप्त हुने नै छ। म त्यसैको भुईंमा उभिएर चुनौतिको यो पहाडलाई अवसरको मैदानमा बदल्ने अभियानमा डट्नेछु । यो अभियान हामी र हाम्रो सन्तान दरसन्तानलाई एकीकृत गर्दै जन्मभूमीसँग जोड्ने साझा अभियान हो। यही पवित्र सोच र कोणबाट मैले आफ्नो उम्मेद्वारी प्रस्तुत गरेको हुँ।’ –  भण्डारीले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com