हिउँमा फसेका जुम्ला तातोपानीका ३४ जना पाँच दिनपछि सकुशल घर फर्किए


प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार

जुम्ला तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका ३४ जना स्थानीय पाँच दिनपछि सकुशल घर फर्किएका छन् । हिउँमा फसेका सबै सकुशल घर फर्किएको स्थानीयवासी सुरत शाहीले बताउनुभयो ।

हिउँमा फसेकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र तातोपानी गाउँपालिकाले कर्णाली प्रदेश सरकारलाई उद्धारका लागि पहल गर्न आग्रह गरेको थियो । प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत खाद्यन्न छाडेर फर्किएको थियो । पाटन क्षेत्रमा जडीबुटी सेतोचिनी सङ्कलनका लागि गएका स्थानीयवासी हिउँ परेपछि पाटनमै थुनिएका थिए ।

हिउँमा फसेकालाई उद्धारका लागि चौतर्फी पहल भएको थियो । स्थानीय प्रशासनको पहल, तातोपानी गाउँपालिका, कर्णाली प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा हिउँमा फसेका नागरिकको उद्धार भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । पाटन क्षेत्रमा झण्डै चार फिट हिउँ जमेको थियो ।

बुधबार सबै भेँडाबाख्रासहित सकुशल घर फर्किएपछि स्थानीयवासीदेखि आफन्तजनमा खुसी छाएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले प्रेस विज्ञप्ति प्रकाशित गर्दै हिउँमा फसेका ३४ नागरिकसहित पाटन क्षेत्रमा रहेका सयौँ भेडाको उद्धार भएको जानकारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हिउँमा ३६ जना फसेका थिए, जसमध्ये दुई जना २२ गते नै घर फर्किसकेका थिए । सेतोचिनी सङ्कलनका क्रममा बाक्लो हिउँ जमेर स्थानीयवासी फसेका थिए । तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडि, खोटीसल्ला र गाग्रोओढारमा बसेका नागरिकको उद्धार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले बताउनुभयो ।

पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको थियो । गाग्रा पाटनमा सेतो चिनी, खिरौलो जडीबुटी सङ्कलन गर्न गएका तातोपानी गाउँपालिका– ८ की ३७ वर्षीय देवी शाही र तातोपानी–७ बारगाउँका ४६ वर्षीय मुन रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com