अमेरिकामा ठगको निशानामा साना व्यवसाय, कतै यस्तो इमेल त आएन ?


प्रकाशित मिति : माघ २२, २०७८ शनिबार

अमेरिकामा ठगहरुले आफ्नो निशानामा साना व्यवसायलाई पारिरहेका छन् । त्यसका लागि उनीहरुले नयाँ तरिका अपनाइरहेका छन् । उनीहरुले साना व्यवसायहरुलाई इमेलमा विभिन्न सामान अर्डर गरेको भन्दै रसिदहरु पठाउने गरेका छन् ।

यसरी आएका रसिदहरु तपाईले वेवास्ता गर्नुभयो भने त ठीक छ । तर तपाईले आत्तिएर त्यहाँ दिइएको नम्बरमा फोन गर्नुभयो वा दिइएको लिंकमा क्लीक भने तपाई ठगको फन्दामा पर्न सक्नुहुनेछ । ठगहरुले पनि यही आशाका साथ तपाईलाई इमेल गरेका हुन्छन् कि तपाईले उनीहरुलाई फोन गरेर आफ्ना व्यक्तिगत विवरणहरु दिनुहोस् ।

केही दिन अगाडि खसोखासले समेत यस्तो इमेल प्राप्त गरेको थियो ।

फोनमा ठगहरुले क्रेडिट कार्ड नम्बर लगायतका विवरणहरु माग्न सक्छन् । कतिपयले तपाईको पेमेन्ट प्रकृयामा लगिएको भन्दै इन्भोइस पठाउने समेत गर्छन् । यदि त्यसलाई रोक्ने हो भने फोन गर्न भन्दै उनीहरुले जाल थापेका हुन्छन् । तर त्यस्ता ठगले गरेका इमेल वेवास्ता गर्नुपर्छ भने दिइएको नम्बरमा पनि फोन गर्नुहुँदैन ।

खसोखासलाई प्राप्त यस्तै प्रकारको अर्को इमेल

यदि तपाईले अर्डर नगरेको सामानको इन्भोइस वा रसिद प्राप्त गर्नुभयो भने तपाईले यसबारे चनाखो हुनुपर्छ । तपाईले रकम गए नगएको सुनिश्चित गर्न आफ्नो बैंक एकाउन्ट चेक गर्नुपर्छ । कतिपय व्यवसायीहरुले सामान अर्डर गरे नगरेको विर्सनसक्ने अनुमान गर्दै ठगहरुले उनीहरुलाई निशाना बनाइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कतिपय व्यवसायीले आफूहरुलाई ट्वाइलेट सफा गर्ने सामानको रिसिप्ट आएको बताएका छन् ।

यदि तपाईले त्यस्ता इमेलहरु प्राप्त गर्नुभयो भने फेडरल ट्रेड कमिशनमा रिपोर्ट गर्नुपर्छ । त्यसका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com