राहदानी विभागको अनलाइन फर्म किर्ते गर्ने तीन जना पक्राउ


प्रकाशित मिति : माघ २१, २०७८ शुक्रबार

नेपाल प्रहरीले राहदानी विभागको अनलाइन फर्म किर्ते गरी ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागको हाताबाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीबाट रकम लिने सिन्धुपाल्चोक जुगल गाउँपालिकाका ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेशीशहर नगरपालिकाका ४० वर्षीय नविनकुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगरका ३६ वर्षीय यमबहादुर थापामगरलाई बिहिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राहदानीको अनलाइन फर्म किर्ते गरी सेवाग्राहीबाट रकम असुल उपर गरेको गोप्य सूचनाका आधारमा तीनजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ परेकासँग रु ४० हजार नगद, एक थान कम्युटर, एक थान ल्यापटप, एक थान प्रिन्टर र ५० थान किर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पक्राउ परेकासँग प्रहरीले मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–२५ अन्तर्गत दफा २७६ को ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर थप अनुसन्धान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com