अमेरिकामा २१ राज्य समेटेर अर्को हिमआँधी आउँदै, कोलोराडोदेखि मैनसम्म ९० मिलियन प्रभावित


प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार

अमेरिकामा एकसाताभन्दा छोटो अवधिमा अर्को हिमआँधी आउने मौषमविदहरुले चेतावनी दिएका छन् । अमेरिकाका २१ वटा राज्यहरु हिमपात र खतरनाक चिसोको सामना गर्न तयारी अवस्थामा रहेका छन् ।

कोलोराडोदेखि मैनसम्म झण्डै २ हजार माइलमा ९० मिलियन मान्छे खराब मौषमबाट प्रभावित हुने जनाइएको छ । सबैभन्दा ठूलो प्रभाव दक्षिणी क्षेत्रमा पर्ने अनुमान गरिएको छ । त्यहाँ बरफसहितको आँधी आउने अनुमान गरिएको छ ।

खतरनाक चिसो तापक्रमका बीच टेक्सासको डलास र टेनेसीको मेम्फिसमा सडकमा बरफ जम्ने र कैयन स्थानमा विद्युत आपूर्तिमा अवरोध आउनसक्ने जनाइएको छ । मध्यपश्चिम क्षेत्रमा एक फुटसम्म हिमपातको अनुमान गरिएको छ भने कतिपय स्थानमा एकसयबर्षकै सबैभन्दा भारी हिमपात हुनसक्ने जनाइएको छ ।

न्युयोर्कमा गत शनिबारको हिमपात

कोलाराडोमा मंगलबार हिमआँधी आउने अनुमान गरिएको छ । मध्यपश्चिम क्षेत्रमा मंगलबारदेखि बुधबारसम्म हिमपात हुने र कतिपय स्थानमा १५ देखि २० इन्चसम्म हिमपात हुने मौषमविदहरुको अनुमान छ । मध्यपश्चिम क्षेत्रमा मंगलबारदेखि बुधबारसम्म एक चरण र बिहिबार अर्को चरण मौषम खराब हुने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार र बुधबार शिकागोमा ८ देखि १२ इन्चसम्म हिमपात अनुमान गरिएको छ । बिहिबार मध्यपश्चिम क्षेत्रबाटै गुज्रने खराब मौषमले कतिपय क्षेत्रमा ६ इन्चसम्म हिमपात गराउनेछ । इन्डियानाको फोर्ट वायनमा १८ इन्चसम्म हिमपातको अनुमान गरिएको छ । यदि त्यसो भएमा सन् १९०० यताकै भारी हिमपात हुनेछ ।

डलासदेखि मेम्फिससम्म बुधबार बेलुकादेखि पानी पर्न सुरु गर्नेछ । बिहिबार पानीका साथमा बरफ पनि पर्नेछ । डलास फोर्ट वर्थ क्षेत्रमा दिइएको मौषम चेतावनीमा चौथाई इन्चसम्म बाटोमा बरफ जम्ने अनुमान गरिएको छ ।

बुधबारका लागि तय भएका १ हजारभन्दा बढी उडानहरु रद्द भइसकेका छन् । न्युयोर्कमा शुक्रबार अत्याधिक चिसो हुने र शनिबार घाम लागेपनि न्युयोर्कको तापक्रम अत्यन्तै चिसो रहनेछ । शुक्रबार हिमपात समेत हुनसक्ने अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com