डिसी नगर प्रमुखद्वारा अधिवक्ता निरन्जन अधिकारी आयोग सदस्यमा मनोनयन 


प्रकाशित मिति : जेष्ठ ३१, २०७४ बुधबार

विजय थापा,वाशिंगटन डिसी 

नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई वाशिंगटन डिसीका नगर प्रमुखले एसियन तथा प्रशान्त महासागर द्विप वासी समुदाय विकास आयोग सदस्यमा मनोनयन गरेकी छिन् । डीसी महानगर कि नगर प्रमुख म्युरिएल बाउजरले उनलाई सदस्यमा मनोनयन गरेकी हुन् । महानगर प्रमुख बाउजरले डिसीका परिषद सभापति फिल मेनडेलसन् लाई पत्राचार गर्दै उक्त जानकारी गराएकी छिन् ।

मनोनित आयोग सदस्य अधिकारी ३ बर्षको लागि नियुक्त भएका छन् भने उनि अप्रिल १७ ,२०२० सम्म को लागि मनोनित भएका छन् । कानुन ब्यबसायी अधिकारी ले डिसीमा आफ्नो कानुन परामर्श तथा कानुन व्यवसाय संचालन गर्दै आएका छन् । डिसी महानगर क्षेत्रमा एउटा जिम्मेबार पदमा नेपाली मुलका व्यक्तिलाई मनोनित गरेकोमा डिसी क्षेत्रका नेपाली समुदाय निकै हर्षित भएका छन् ।  उनले समुदायको विकासको लागि आफुलाई नगर प्रमुखले मनोनित गरेकोमा खुशी व्यक्त गर्दै नगर प्रमुखलाई धन्यवाद दिएका छन् यस्ता आयोगमा १५ सम्म सदस्य हुन् सक्छन तर अहिले सम्म १२ जना रहेका छन् ।  

यस्ता सदस्यहरुले शहर बिकासको लागि सर सल्लाह र सुझाव दिने गर्दछन अधिकारीले भने । यो सामुदायिक नियुक्ति हो र मासिक बैठक हुने हुनाले जन सम्पर्क हुने हुनाले मेरो लागि ठुलो अवसर भएको बताए l उनलाई यो पदमा मनोनित गर्न दुई तीन पटक अन्तर्वार्ता पनि दिनु परेको बताए । अध्ययन को शिलशिलामा अमेरिका आएका अधिकारी वकिल हुन् भने ८ बर्ष देखि यस क्षेत्रमा रहेका सामाजिक संघ/संस्थामा पनि आबद्ध छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले नेपाली समुदायले समेत मौका पाएकोमा आफुलाई दिएको जिम्मेबार ईमान्दारिता साथ काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनको यो मनोनयन लाई समर्थन को लागि परिषदलाई छिटो भन्दा छिटो निश्चित गरि पाऊ भनि नगर प्रमुखले म्युरिल ले पत्राचार गरेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com