राष्ट्रियसभाका सबै सिट पाँच दलीय गठबन्धनले जित्ने अध्यक्ष नेपालको दाबी


प्रकाशित मिति : माघ १२, २०७८ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा १८ वटै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने बताउनुभएको छ ।

आलोकनगरस्थित पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले राष्ट्रिय राजनीतिमा आफ्नो दलले तरङ्ग पैदा गरेको बताउनुभयो । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेकामा आफ्नो दलले पाँच सिट पाएको र तीलगायत पाँचै दलका उम्मेदवार विजयी हुने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसले छ, नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट रहेको छ । उहाँले भन्नुभयो, “हामीले उठाएको १८ ठाउँमा नै गठबन्धनका उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ ।”

आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकै पटक गर्न सकिने अध्यक्ष नेपालको सुझाव छ । एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै रु पाँच अर्ब खर्च हुने र गत निर्वाचनमा जसरी पाँच चरणमा निर्वाचन गर्दा झण्डै रु २५ अर्ब खर्च हुने उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको उहाँले बताउनुभयो । संविधान सर्वोपरी राखेर कानुनअनुसार नै चुनाव हुनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “एकै पटकमा तीन वटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ ।” विद्रोहका चेतकासाथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताउनुभयो ।

पार्टी जिल्लाहुँदै पालिका र वडा कमिटिसम्म विस्तार भइरहेको उहाँले बताउनुभयो । कोरोनाका कारणले अवरोध आइररहे पनि जिल्ला जिल्लामा अरु पार्टी छाडेर प्रवेश गर्नेको अभियान जारी रहेको उहाँको भनाइ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com