कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो, अमेरिका २७ औं, नेपाल पछाडिबाट ६३ औं


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

मंगलबार सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचार सम्बन्धि एउटा सुचकांकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो नम्बरमा देखिएको छ भने अमेरिका २७ औं नम्बरमा परेको छ । नेपाल भ्रष्टचार बढी हुने देशको ६३ औं नम्बरमा र कम हुने देशको ११७ औं नम्बरमा परेको छ ।

जम्मा एकसय स्कोरमा डेनमार्कले ८८ नम्बर पाएको छ भने अमेरिकाले ६७ नम्बर पाएको छ । नेपालले भने ३३ नम्बर पाएको छ । सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा साउथ सुडान पहिलो नम्बरमा रहेको छ । साउथ सुडानले एकसयमा जम्मा ११ नम्बर पाएको छ । सुचकांकमा १८० देश समेटिएको छ ।

सुचकांकमा नेपालको अवस्था

नेपालमा सन् २०२० को तुलनामा भ्रष्टाचारको अवस्था उस्तै रहेको सुचकांकमा उल्लेख गरिएको छ भने सन् २०१९ को तुलनामा भने भ्रष्टाचार बढेको देखाइएको छ । सन् २०१८ को तुलनामा भ्रष्टाचार केही कम भएको देखाइएको छ ।

२०१८ मा नेपाल १२४ नम्बरमा रहेको थियो भने २०१९ मा ११३ नम्बरमा रहेको थियो । सन् २०१२ यताको स्कोर हेर्दा भने नेपालमा भ्रष्टाचारको अवस्थामा पछिल्लो बर्षमा केही कमी आएको देखिएको छ । स्वीटजरल्याण्डको अवस्था अघिल्लोबर्षको तुलनामा खराब भएको छ भने फिनल्याण्ड, नर्वे, यूके र लक्जेम्बर्गको अवस्थामा सुधार आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१८० देशको सुचकांक हेर्न यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com