ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानीको मापदण्ड बढाइदै


प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार

परिवारमा आधारित ग्रिनकार्ड वा आप्रवासी भिसा स्पोन्सरका लागि स्पोन्सरकर्ताको आम्दानी गतबर्षको तुलनामा बढी हुनुपर्ने प्रावधान ल्याउने तयारी गरिएको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले जनवरी १२ देखि लागु हुनेगरी पोभर्टी गाइडलाइन अपडेट गरेको छ भने आगामी केही दिनमा युएससीआइएसले यसको आधारमा स्पोन्सरकर्ताको आम्दानीको स्तर निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

अहिलेसम्म अलास्का र हवाई बाहेक ४८ राज्यमा बस्नेहरुका सन्दर्भमा यदि स्पोन्सरकर्ताले कसैलाई स्पोन्सर गर्नुपर्ने भएमा उसको बार्षिक आम्दानी कम्तीमा २१ हजार ७ सय ७५ डलरभन्दा माथि हुनुपर्ने प्रावधान रहेको छ । तर अब छिट्टै युएससीआईएसले यो रकम २२ हजार ८८८ भन्दा बढी हुनुपर्ने प्रावधान ल्याउने अपेक्षा गरिएको छ ।

४८ वटा राज्यको लागि शतप्रतिशत पोभर्टी गाइडलाइनको मापदण्ड । अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा र आई १३४ नामको स्पोन्सर फर्म भर्दा यो आम्दानीको मापदण्ड प्रयोग हुन्छ । अन्यले परिवारमा आधारित भिसा वा ग्रिनकार्ड स्पोन्सर गर्दा यसको १२५ प्रतिशत हुनुपर्छ । 

किनभने डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसले शतप्रतिशत पोभर्टी गाइडलाइनको रकम २ जनाको परिवारका लागि १८ हजार ३ सय १० डलर कायम गरेको छ । कसैलाई स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत भन्दा माथि आम्दानी हुनुपर्ने भएकाले स्पोन्सरकर्ताको आम्दानीको मापदण्डमा परिवर्तन हुने भएको हो ।

अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा १८ हजार ३ सय १० डलर भन्दा माथि आम्दानी भए पुग्नेछ । स्पोन्सरकर्ता अमेरिकी सेनामा रहेको छ र उसले दम्पत्ति वा छोराछोरीलाई स्पोन्सर गर्नुपर्ने छ भने पोभर्टी गाइडलाइनको १ सय प्रतिशतमात्र आम्दानी भए पुग्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआइएसले गतबर्ष नयाँ मापदण्ड अप्रिल १ बाट लागु गरेको थियो । यो बर्षपनि त्यही सेरोफेरोमा लागु गर्ने अपेक्षा गरिएको छ । अर्थात् अहिले नै स्पोन्सर गर्नेहरुका लागि सन् २०२१ को मापदण्ड अनुशार नै आम्दानी भए पुग्छ । अलास्का र हवाई राज्यमा बस्नेहरुका सन्दर्भमा यो रकम अलग्गै रहेको छ ।

अलास्काका लागि शतप्रतिशत पोभर्टी गाइडलाइनको मापदण्ड । अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा र आई १३४ नामको स्पोन्सर फर्म भर्दा यो आम्दानीको मापदण्ड प्रयोग हुन्छ । अन्यले परिवारमा आधारित भिसा वा ग्रिनकार्ड स्पोन्सर गर्दा यसको १२५ प्रतिशत हुनुपर्छ । 

तोकिएको आम्दानी हुने व्यक्तिले भिसा वा ग्रिनकार्डका लागि स्पोन्सर गर्न सक्छ । खासगरी फर्म आई ८६४ भर्दा न्यूनतम आम्दानीको मापदण्ड पूरा गरेको हुनुपर्छ । यसरी स्पोन्सर गरिएको व्यक्तिले १० बर्षभित्र अमेरिकामा आएर सरकारी सुविधा लिएमा त्यसको क्षतिपूर्ति स्पोन्सरकर्ताबाट अमेरिकी सरकारले लिनसक्ने कानुनी प्रावधान रहेको छ ।

हवाईका लागि शतप्रतिशत पोभर्टी गाइडलाइनको मापदण्ड । अमेरिकी सेनामा रहेकाहरुले आफ्ना दम्पत्ति वा छोराछोरीहरुलाई स्पोन्सर गर्दा र आई १३४ नामको स्पोन्सर फर्म भर्दा यो आम्दानीको मापदण्ड प्रयोग हुन्छ । अन्यले परिवारमा आधारित भिसा वा ग्रिनकार्ड स्पोन्सर गर्दा यसको १२५ प्रतिशत हुनुपर्छ ।

अलास्का र हवाईमा हुनेहरुका लागि भने अन्य राज्यको तुलनामा बढी आम्दानी भएको हुनुपर्छ । हवाईमा हुनेहरुको तुलनामा अलास्कामा हुनेहरुको तुलनामा अझ बढी आम्दानी हुनुपर्ने प्रावधान रहेको छ ।

अमेरिकामा विभिन्न प्रकारका आप्रवासी भिसामा आउनका लागि दुई प्रकारका स्पोन्सर फर्मको आवश्यकता पर्छ । सामान्यतया परिवारमा आधारित भिसाका लागि स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्नुपर्छ भने रोजगारमा आधारित, डिभी लोटरी र मंगेतर भिसा के वानका लागि आई १३४ नामको स्पोन्सर फर्म भर्नुपर्छ ।

स्पोन्सरकर्ताले आई ८६४ नामको स्पोन्सर फर्म भर्दा आम्दानीको मापदण्ड पोभर्टी गाइडलाइनभन्दा १२५ प्रतिशतमाथि हुनुपर्छ भने आई १३४ नामको स्पोन्सर फर्म भर्दा पोभर्टी गाइडलाइनभन्दा एकसयप्रतिशतमाथि भए पुग्छ । अर्थात् आई १३४ फर्म भरेर स्पोन्सर गर्दा कम आम्दानी भए पुग्छ ।

फर्म आई ८६४ भर्ने स्पोन्सरकर्ताले स्पोन्सर गरिएको व्यक्ति अमेरिकामा आएर सरकारी सुविधा खाएमा त्यसको क्षतिपूर्ति सरकारलाई तिर्नुपर्ने हुनसक्छ भने आई १३४ स्पोन्सरमा त्यस्तो बाध्यता नहुनसक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com