यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता


प्रकाशित मिति : भाद्र ७, २०८१ शुक्रबार

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न अनुरोध गर्न  सकिन्छ ।

तपाईले आफ्नो आवेदनमा शीघ्र अन्तरवार्ताका लागि अनुरोध गर्न सक्नुहुन्छ तर तपाईको अनुरोध स्वीकार हुने ग्यारेन्टी भने हुँदैन । यद्यपी प्रयास गर्न चाँही किन नछाड्ने ?

तपाईले आफ्नो आवेदन भएको फिल्ड अफिसमा सम्पर्क गरेर मानवीय आधारमा अन्तरवार्ता अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुनेछ । युएससीआईएसले त्यस्ता अनुरोधहरुबारे केस अनुशार विचार गर्छ । अनुरोध गर्दा बलियो आधार र कागजात पेश गर्नुपर्छ । अन्यथा तपाईको अनुरोध स्वीकार हुने सम्भावना कम हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईको स्वास्थ्यमा समस्या छ भने तपाईले आफ्नो आवेदनलाई अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुन्छ । त्यस्तै तपाईको परिवार खासगरी दम्पत्ति वा बच्चाबच्ची तपाईदेखि अलग छन् र उनीहरुलाई सुरक्षाको खतरा छ भने तपाईले आवेदन अगाडि सार्नका लागि अनुरोध गर्न सक्नुहुन्छ ।

परिवारलाई सुरक्षा खतरा रहेको प्रहरी रिपोर्ट वा अन्य प्रमाण भने तपाईले सुरक्षित तरिकाले राख्नुपर्छ । तपाईको बच्चाबच्ची विद्यालय जान सकेको छैन भने विद्यालयका तर्फबाट त्यस्तो पत्र वा प्रमाण पेश गर्न सकिन्छ ।

तपाईले एसाइलमको स्थानीय अफिसमा सम्पर्क गरेर आफ्नो नाम सर्ट लिस्टमा राख्न लगाउन पनि  सक्नुहुन्छ । तर यसो गर्दा कुनै पनि बेला तपाईलाई अन्तरवार्ताका लागि बोलाइन सक्ने भएकाले सबै कागजात तयारी अवस्थामा राख्न जरुरी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com