महामारीमा एकबर्ष बढी अमेरिकाबाहिर रोकिएका ग्रिनकार्डवाहक कसरी सिधै अमेरिका आउने?


प्रकाशित मिति : माघ ८, २०७८ शनिबार

कोरोना महामारीका कारण कतिपय व्यक्ति एकबर्षभन्दा बढी अमेरिकाबाहिर रोकिनुपरेको छ । यो अवस्थाप्रति अमेरिकी सरकारका एजेन्सीहरु सचेत रहेका छन् र यसको व्यवहारिक पक्षबारे समेत जानकार रहेका छन् । एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बसेकाहरुले सामान्यतया रिटर्निङ रेसिडेन्ट भिसाका लागि आवेदन दिनुपर्ने भएतापनि यस्तो भिसा नलिएकाहरुलाई समेत विमान चढ्न युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सनले अनुमति दिएको छ ।

अर्थात् कोरोना महामारीका कारण एकबर्षभन्दा लामो समय अमेरिकाबाहिर बस्नुपरेका ग्रिनकार्डवाहकको १० बर्षे ग्रिनकार्ड एक्सपायर भएको छैन भने त्यस्ता व्यक्तिलाई विमान चढाउन सीबीपीले एयरलाइन्सहरुलाई निर्देशिका जारी गरेको थियो । जस अनुशार अमेरिकाबाहिर बसेको एकबर्ष नाघेको भएतापनि यदि त्यस्ता यात्रुसँग एक्सपायर नभएको ग्रिनकार्ड छ भने एयरलाइन्सले उनीहरुलाई रिटर्निङ रेसिडेन्ट भिसा, रिइन्ट्री परमिट वा अन्य कागजात नलिएको भएतापनि विमान चढाउनुपर्छ ।

यसरी अमेरिकाबाहिर गएर एकबर्षभन्दा बढी समय बसेर फर्कने ग्रिनकार्डवाहकलाई कोरोना महामारीमा विमानस्थलबाट फर्काइएका घटना अत्यन्तै दुर्लभ रहेको कानून व्यवसायी केशवराज सेडाईले बताउनुभएको छ । दूतावासबाट रिटर्निङ रेसिडेन्ट भिसा अस्वीकार भएका कैयन नेपालीहरुले आफूहरु एक्सापायर नभएको ग्रिनकार्डमा अमेरिका आउँदा एकबर्ष नाघेको भएतापनि विमानस्थलमा अमेरिका प्रवेशमा कुनै अवरोध नआएको अनुभव खसोखासलाई सुनाएका छन् ।

यदि अमेरिकाबाहिर बसेको एकबर्ष भन्दा लामो समय भएको छ भने त्यस्ता ग्रिनकार्डवाहकलाई अमेरिकाबाहिर लामो समय बस्नुपर्नाको कारणहरु सीबीपी अधिकारीले सोध्न सक्छन् । यदि कोरोनाको कारणले अमेरिकाबाहिर रोकिनुपरेको हो भने स्वास्थ्य सम्बन्धि कागजातहरु भएको खण्डमा त्यस्ता प्रमाणहरु बोकेर ल्याउन कानून व्यवसायी सेडाईले सुझाव दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै स्वास्थ्य समस्या भएका व्यक्तिलाई डाक्टरले कोरोना महामारीका बेलामा सार्वजनिक यातायातमा नचढ्न सुझाव दिएको छ भने त्यस्ता कागजातहरु साथमा राख्न समेत कानून व्यवसायीको सुझाव छ । साथै अमेरिकामा ट्याक्स फाइल गरेका वा अमेरिकासँगका अन्य सम्बन्धका कागजातहरु पनि साथमा राख्न सुझाव दिइएको छ । विदेशमा रहेको बेला कोरोना संक्रमित भएको भएमा पनि त्यस्ता कागजातहरु साथमा राख्न सुझाव दिइएको छ ।

सीबीपीको पछिल्लो गाइडलाइन अनुशार यदि ग्रिनकार्ड एक्सपायर भइसकेको छ भने पनि त्यस्ता व्यक्तिलाई एयरलाइन्सले विमान चढ्न अनुमति दिन सक्छन् । तर त्यस्तो ग्रिनकार्ड १० बर्षका लागि जारी भएको ग्रिनकार्ड हुनुपर्छ । यदि कुनै शंका भएको खण्डमा एयरलाइन्सले सीबीपीको क्षेत्रीय करिअर सम्बन्ध समुह आरसीएलजीमा सम्पर्क गर्न सक्नेछन् । आरसीएलजीले यात्रु वा वकिलसँग सम्पर्क नगरी एयरलाइन्ससँगमात्र सम्पर्क गर्छ ।

सामान्यतया ग्रिनकार्ड एक्सपायर भएको अवस्थामा ग्रिनकार्डवाहकले दूतावासमा ट्राभल फोइलका लागि आवेदन दिनुपर्छ । त्यस्तो ट्राभल फोइल प्राप्त भइसकेपछि उनीहरु अमेरिका आउन सक्छन् । तर कोरोना महामारीमा भने एक्सपायर भएको ग्रिनकार्डमा समेत अमेरिका आउन अनुमति दिइएको छ भने हराएको वा चोरी भएको ग्रिनकार्डका सन्दर्भमा ट्राभल फोइल लिनुपर्छ ।

तपाईलाई एयरलाइन्सले विमान चढ्न अनुमति दिएपछि अर्को चुनौति अमेरिका आइसकेपछि विमानस्थलमा सामना गर्नुपर्छ । तपाईलाई अमेरिका प्रवेशका लागि अनुमति दिने वा नदिने निर्णय विमानस्थलमा सीबीपी अधिकारीहरुले गर्नेछन् । तर कोरोना महामारीका कारण भएको ढिलाईमा उनीहरुले प्राय अमेरिका प्रवेशको अनुमति दिने गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com